
काठमाडौं ।
बंगलादेशी मोबाइल अपरेटरहरू ग्रामीणफोन, रोबी र बङ्गलालिङ्कले आफ्ना ७ दिने १ जीबी इन्टरनेट प्याकेजको मूल्य अघिल्लो ३ दिने १ जीबी प्याकेजको स्तरमा घटाएका छन्।
एसोसिएसन अफ मोबाइल टेलिकम अपरेटर अफ बंगलादेश (एमटोब) का नेताहरूले ढाका ट्रिब्यूनलाई मोबाइल डाटा सेवाको मूल्य ३० प्रतिशतले घटेको बताए।
अपरेटरहरूले शुक्रबार मध्यरातदेखि डाटा प्लानहरू पुन: संगठित गरी नयाँ प्याकेजहरू ल्याएका रिपोर्टमा उल्लेख छ।
अपरेटरहरूको वेबसाइटमा अद्यावधिक गरिएका प्याकेजहरू अनुसार, अक्टोबर १५ अघि तीन दिनको वैधतासहितको ४८ टाका मूल्यको १ जीबी डाटा प्याकेज अब सात दिनको वैधतामा उपलब्ध छ। सञ्चालकहरूले सुरुमा सात दिने प्याकेजका लागि ६८ टाका लिएका थिए।
एमटोबका नेतृत्वले भनेअनुसार अपरेटरहरूले नियामक निकाय बांग्लादेश दूरसञ्चार र नियामक आयोग (बीटीआरसी) को निर्देशन अनुसार १५ अक्टोबरमा ठूला व्यापारिक चुनौतिहरूको सामना गर्दा पनि आफ्ना इन्टरनेट उत्पादन पोर्टफोलियोहरू अद्यावधिक गरेका थिए।
प्रकाशित: १ मंसिर २०८०, शुक्रबार