टिकटक माथिको सरकारी प्रतिबन्ध विरुद्ध सर्वोच्चमा रिट निवेदन

  • Technology Khabar | १ मंसिर २०८०, शुक्रबार
टिकटक माथिको सरकारी प्रतिबन्ध विरुद्ध सर्वोच्चमा रिट निवेदन

काठमाडौं ।

टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ।

सरकारले कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने मन्त्रिपरिषदबाट निर्णय गरेको थियो।

सरकारको उक्त कदमविरूद्ध अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दिएका हुन्।

‘टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषदको निर्णय बदर गरि पाउँ भनि मैले दर्ताका लागि रिट पेश गरेको छु,’ त्रिपाठीले एक्समा लेखेका छन्।

उनकाअनुसार टिकटकलाई रोक लगाउने मन्त्रिपरिषदको निर्णय खारेजका साथै यस सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा जारी सूचना र विज्ञप्ति उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ।

प्रकाशित: १ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yamaha Nepal celebrates love with “Maya Sanga Maya ko Yatra” nationwide Valentine’s campaign

  • Technology Khabar
  • १ मंसिर २०८०, शुक्रबार