टिकटकमा रोक लगाउने व्यवस्था गर्न नेपाल टेलिकम र एनसेललाई नियामकको निर्देशन

  • Technology Khabar | २७ कार्तिक २०८०, सोमबार
टिकटकमा रोक लगाउने व्यवस्था गर्न नेपाल टेलिकम र एनसेललाई नियामकको निर्देशन

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार सामाजिक संजाल टिकटकलाई तत्काल बन्द गर्न टेलिकम अपरेटरहरुलाई निर्देशनसहितको पत्राचार गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

सोही निर्णय कार्यान्वयन गर्न भन्दै दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि दुई मोबाइल अपरेटरहरु नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र एनसेल आजियाटा लिमिटेडलाई पत्राचार गरेको छ।

प्राधिकरणले इमेलमार्फत उक्त निर्णय तत्काल कार्यान्वयन गर्नका लागि आदेश दिएको छ। जसमा टिकटकमा पहुँच प्रतिबन्ध गर्न भनिएको छ।

उक्त इमेलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय पत्रलाई उल्लेख गरेर दुबै मोबाइल सेवा प्रदायकहरुलाई टिकटकमा रोक लगाउन भनिएको छ।

दुबै अपरेटरहरुले टिकटक डट कम र टिकटकको एप पहुँचमा रोक लगाउन काम गरिरहेका बताईएको छ।

“नियामकको पत्र इमेलमार्फत आएको छ,” अपरेटरहरुले भनेका छन्, “हाम्रा प्राविधिकहरुले त्यसमा अध्ययन गरेर तत्काल आईपी ठेगाना ब्लक गर्नेछन्। त्यसको लागि कसरी गर्ने भन्ने छलफल हुँदैछ।”

यसअघिनै प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पनि तत्काल टिकटक डटकम र एपमा पहुँच बन्द गर्न भन्दै आदेश दिईसकेको छ।

सम्बन्धित समाचार-

टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई दूरसञ्चार प्राधिकरणको पत्राचार

प्रकाशित: २७ कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार