
काठमाडौं ।
सरकारले टिकटक बन्द गर्ने गरेको निर्णयको पूर्व संचारमन्त्री गोकुल प्रसाद बास्कोटाले विरोध गरेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै सामाजिक संजाल टिकटक बन्द गर्ने निर्णय गरेको छ।
सोही निर्णयको बारेमा उल्लेख गर्दै पूर्व सञ्चार मन्त्री तथा नेकपा एमालेका नेता बास्कोटाले विरोध जनाएका हुन्।
उनले कन्टेन्ट फिल्टरिङ्ग गर्न सकिने बारेमा समेत सरकारलाई सुझाब दिएका छ्न्।
बास्कोटाले सामाजिक संजाल एक्समा लेखेका छन्- “सरकारले टिकटक बन्द गर्ने निर्णय लिएछ। स्वस्थ ब्यक्तिगत मनोरन्जन, श्रृजनात्मक काम गर्न पाउने र कन्टेन्ट फिल्टर गर्ने कानुन बनाएर सो प्लेटफर्मले नेपालको आर्थिक कानुन मान्ने बनाएको भए हुन्थ्यो। तर बन्दै गरीदिदा गगन-विश्व र प्रचण्डलाई लोकतन्त्र खतरामा परेको नलागेमा मेरो आपत्ति रहेन!”
सरकारले टिकटक बन्द गर्ने निर्णय लिएछ।स्वस्थ ब्यक्तिगत मनोरन्जन,श्रृजनात्मक काम गर्न पाउने र क्टेन्ट फिल्टर गर्ने कानुन बनाएर सो प्लेटफर्मले नेपालको आर्थिक कानुन मान्ने बनाएको भए हुन्थ्यो ।तर बन्दै गरीदिदा गगन-विश्व र प्रचण्डलाई लोकतन्त्र खतरामा परेको नलागेमा मेरो आपत्ति रहेन!
— Gokul Prasad Baskota (@GokulPBaskota) November 13, 2023
प्रकाशित: २७ कार्तिक २०८०, सोमबार