
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार सामाजिक संजाल टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
सोही निर्णय कार्यान्वयन गर्न भन्दै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्राचार गरेको छ।जसअनुसार सबै सेवा प्रदायकहरुलाई इमेल पठाईएको छ।
टेक्नोलोजीखबरले हेरेको इमेलकाअनुसार सेवा प्रदायकहरुलाई तत्काल टिकटक डटकम र एपमा पहुँच बन्द गर्न भन्दै आदेश दिएको छ। जसमा प्राधिकरणको अध्यक्ष पुरुषोत्तम खनालको आदेशअनुसार इमेल गरिएको उल्लेख गरिएको छ।
प्रकाशित: २७ कार्तिक २०८०, सोमबार