Technology Khabar २६ चैत्र २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं । माइक्रोसफ्टले स्काइपमा कल रेकर्डिग फीचर ल्याउने बारेमा काम गरिरहेको छ, जसमा थर्ड पार्टी एप्सको साथ एकीकरणको सुविधा दिनेछ । यसमा एक्सस्प्लिट, वायरकास्ट तथा भिमिक्स प्रमुख हुन् ।
स्काइपीको एक ब्लग पोष्टमा शुक्रबार दिईएको जानकारीअनुसार विण्डोज १० तथा म्याकमा यूजर्सले अब आफ्नो डेस्कटप स्काइप क्लाइन्टलाई कन्टेन्ट क्रिएटर मोडमा बदलेपछि कल रेकर्ड गर्न सकिनेछ र एडोब प्रिमियर प्रो तथा एडोब अडिशन जस्ता एपको माध्यमबाट यसलाई इम्पोर्ट गरेर एडिट समेत गर्न सकिनेछ ।
यो फीचर विशेषगरि भ्लगर, स्ट्रीमर र पोडकास्ट क्रियटरहरुका लागि ध्यानमा राखेर ल्याउन लागिएको हो ।
यसका साथै यूजर्सले थर्ड पार्टी सफ्टवेयर छनौटको मौका समेत मिल्ने छ र स्काइपले सो सफ्टवेयरका साथमा एकीकृत गर्न सक्नेछ । नयाँ कल रेकर्ड फीचरका साथै स्काइपले अब यूट्यूब च्यानल वा ट्विच स्ट्रीममा कुनै कलको सिधै प्रशारणको अनुमति समेत दिनेछ र यस्तो बेलामा करको लुक वा फीललाई कस्टमाईजेशन गर्ने सुविधा समेत प्रदान गर्नेछ ।
यो फीचर स्काइपले संभवत अर्कोसाता भित्र सार्वजनिक गरिसक्ने छ ।
प्रकाशित: २६ चैत्र २०७४, सोमबार