आईफोन एसई ४ मा फेस आईडी र टाइपसी पोर्टसहित आईफोन १४ को जस्तै डिजाइन हुने

  • Technology Khabar | २६ कार्तिक २०८०, आईतवार
आईफोन एसई ४ मा फेस आईडी र टाइपसी पोर्टसहित आईफोन १४ को जस्तै डिजाइन हुने

काठमाडौं ।

सन् २०२५ मा रिलीज हुने अपेक्षा गरिएको आईफोन एसई ४ को डिजाइन आईफोन १४ सँग मिल्दोजुल्दो हुनसक्ने अनुमान छ। साथै आईफोन एसई ४ मा थप फेस आईडी र यूएसबी–सी पोर्ट पनि समावेश गरिने म्याकरुमर्सको नयाँ लीक रिपोर्टमा उल्लेख छ।

एप्पलले आईफोन १४ चेसिसको परिमार्जित संस्करणको साथ नयाँ आईफोन एसई विकास गरिरहेको रिपोर्टले दाबी गरेको छ। यसको अर्थ नयाँ आईफोन एसईमा ६.१ इन्चको डिस्प्ले र फेस आईडीको लागि प्रयोग गरिने ट्रुडेप्थ क्यामरा सिस्टम (प्रणाली) को लागि एक नच पनि रहने उल्लेख गरिएको छ।

चर्चाकाअनुसार आईफोन एसई ४ को तौल १६५ ग्राम रहेने छ भने उक्त तौल आईफोन १४ को भन्दा ६ ग्राम कम भएको जनाइएको छ।

आईफोन एसई ४ र आईफोन १४ बीचको मुख्य भिन्नताहरू मध्ये एक भनेको रियर क्यामरा प्रणाली हुने अपेक्षा गरिएको छ। आईफोन १४ मा दुईओटा रियर लेन्स रहेको छ भने आईफोन एसई ४ मा सिङ्गल रियर लेन्स समावेश गरिने चर्चा छ।

यद्यपि, आईफोन एसई ४ मा ४८ मेगापिक्सेलको मुख्य क्यामरा लेन्स हुने अपेक्षा गरिएको छ, जुन बेस आईफोन १५ मोडलको मुख्य क्यामरा लेन्स जस्तै हो। त्यसैगरी यसमा आईफोन १५ प्रोको एक्शन बटन हुने छ भने जुन कस्टमाइजेबल बटनबाट विभिन्न कार्यहरू गर्न प्रोग्राम गर्न सकिने उल्लेख छ।

यदि यी अफवाहहरू सही भएको खण्डमा आगामी आईफोन एसई ४ हालको आईफोन एसईमा महत्त्वपूर्ण अपग्रेड हुने जनाइएको छ। हालको आईफोन एसईमा टच आईडी सेन्सरको साथ सानो ४.७ इन्चको डिस्प्ले रहको उल्लेख गरिएको छ।

त्यसैगरी आईफोन एसई ४ यूएसबी–सी पोर्ट भएको पहिलो आईफोन एसई मोडेल पनि हुने र जसले गर्दा यसलाई बाँकी आईफोन लाइनअपसँग पङ्क्तिबद्ध गर्ने उल्लेख छ।

प्रकाशित: २६ कार्तिक २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार