आईफोन १७ को उत्पादन भारतमा गरिने

Technology Khabar १७ कार्तिक २०८०, शुक्रबार

काठमाडौं ।

एप्पलले विगत केही वर्षदेखि आफ्नो आपूर्ति शृङ्खलालाई विविधीकरण गर्दै आएको र एप्पलका प्रोडक्ट (उत्पादन) हरू उत्पादन गर्नका लागि भारत पनि एक मनपर्ने गन्तव्य बनेको उल्लेख छ। यस वर्षको सुरुका रिपोर्टहरूका अनुसार क्युपर्टिनोले सन् २०२५ सम्ममा आफ्नो आईफोन उत्पादनको २५ प्रतिशत भारतमा सार्न योजना गरिरहेको र मिंग–ची कुओको पछिल्लो रिपोर्टले पनि सोही सुझाव दिएको जनाइएको छ। कुओले बताए अनुसार सन् २०२४ को दोस्रो भाग (६ महिना) देखि बेसलाइन आईफोन १७ भारतमा मात्र विकसित र उत्पादन गरिने छ भने रिलीज मिति एक वर्ष पछि अर्थात सन् २०२५ को लागि अपेक्षा गरिएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

पहिलो पटक चीन बाहिर आईफोनको उत्पादन विकास सुरु गरेको हुनाले यो निकै महत्तवपूर्ण विषय भएको उल्लेख गरिएको छ। बेसलाइन आईफोन १७ को विकासमा कम कठिनाइ भएको र यसले गर्दा जोखिम पनि कम हुने भएकाले एप्पलले प्रो मोडलहरूको सट्टामा बेसलाइन आईफोन १७ चयन गरेको कुओले उल्लेख गरेका छन्। त्यसैगरी आईफोन १७ सिरिज सन् २०२५ को फलमा लन्च हुने अपेक्षा गरिएको छ। एप्पलले सन् २०१७ देखि भारतमा आईफोनहरू एसेम्बल गर्न थालेको थियो र टाटा इलेक्ट्रोनिक्सले हालै १२५ मिलियन अमेरिकी डलर मूल्यको सम्झौतामा भारतमा विस्ट्रोनको एसेम्बली इकाइहरूको १०० प्रतिशत हिस्सेदारी खरिद गरेको उल्लेख गरिएको छ।

प्रकाशित: १७ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया