
काठमाडौं ।
काठमाडौं । गोदरेज ब्राण्डले नेपाली नयाँ वर्ष २०७५ लाई लक्षित गरी क्यास ब्याक तथा अन्य एक्साईटिंग गिफ्ट अफर सार्वजनिक गरेको छ ।
नेपालका लागि गोदरेज ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गतको इओएल प्रालिले क्यास ब्याक तथा उपहारहरु नयाँ वर्ष अफरमा ल्याएको हाे ।
अफर अन्तर्गत सिंगल डोर रेफ्रिजेरेटर किन्दा ५ हजारसम्मको क्यास ब्याक, डबलडोरमा सिजीको मिक्सचर ग्राण्डर, वासिङ मेसिनमा स्प्रे आइरन, माइक्रो ओभनमा कुकिङ किट र एसीमा निःशुल्क जडानको सुविधा दिएको छ।
कम्पनीले यी रेफ्रिजेरेटर कम्प्रेसरहरुमा १० वर्ष सम्मको वारेन्टी दिएको जनाएकाे छ।
प्रकाशित: २० चैत्र २०७४, मंगलवार