पब्जी मोबाइलको सर्वाधिक पुरस्कार राशीको पीएमजीसी आजदेखि सुरु, डीआरएस गेमिङले नेपालको प्रतिनिधित्व गर्दै

  • Technology Khabar | १६ कार्तिक २०८०, बिहीबार
पब्जी मोबाइलको सर्वाधिक पुरस्कार राशीको पीएमजीसी आजदेखि सुरु, डीआरएस गेमिङले नेपालको प्रतिनिधित्व गर्दै

काठमाडौं ।

पब्जी मोबाइलको विश्वकपको रुपमा रहेको पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२३ आजदेखि सुरु हुने भएको छ। ३ मिलियन अमेरिकी डलरको कुल पुरस्कार राशीको प्रतियोगिता एक महिना भन्दा लामो अवधिसम्म सञ्चालन हुनेछ।

२ नोभेम्बरदेखि सुरु हुने प्रतियोगिता १० डिसेम्बरसम्म चल्नेछ।

पीएमजीसीमा नेपालको प्रतिनिधित्व डीआरएस गेमिङले गर्नेछ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनसिप फल २०२३ बाट नेपाली टिमहरु पीएमजीसीमा छनोट हुन सकेका थिएनन्।

तर अघिल्लो संस्करणको पीएमजीसीमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको डीआरएस गेमिङले स्पेसल इन्भाइट (विशेष निमन्त्रणा) मार्फत पीएमजीसी २०२३ खेल्ने मौका पाएको हो।

स्पेसल इन्भाइट मार्फत नेपाली टिम डीआरएस गेमिङ र रुसी टिम गैमिन ग्लेडिएटर्सले पीएमजीसीमा सहभागी हुने मौका प्राप्त गरेका हुन्।

पीएमजीसीको ग्रुप स्टेट आगामी २ नोभेम्बरदेखि १९ नोभेम्बरसम्म आयोजना हुनेछ। ग्रुप स्टेजमा ४८ टिमले प्रतिस्पर्धा गर्नेछन्। ग्रिन, रेड र एल्लो गरी विभाजन गरिएको तीन ग्रुपमा समान १६ १६ टिम रहेका छन्। प्रत्येक ग्रुपका शीर्ष ३ स्थानमा रहने टिम सिधैं फाइनलका लागि छनोट हुनेछन्।
प्रत्येक ग्रुपबाट चौथो देखि ११ औं स्थानमा आउने टिम सर्भाइवल स्टेजमा छनोट हुनेछन्। सर्भाइवल स्टेज २२ नोभेम्बरदेखि २४ नोभेम्बरसम्म खेलिनेछ। सर्भाइवल स्टेजमा शीर्ष १६ स्थानमा रहने टिम लास्ट चान्सका लागि छनोट हुनेछन्।

लास्ट चान्समा शीर्ष ५ भित्र पर्ने फाइनलका लागि छनोट हुनेछन्। लास्ट चान्स २५ नोभेम्बरदेखि २६ नोभेम्बर सम्म खेलिनेछ।

ग्रान्ड फाइनल ८ डिसेम्बरदेखि १० डिसेम्बरसम्म खेलिनेछ। फाइनलमा ग्रुप स्टेजबाट ९ टिम, लास्ट चान्सबाट ५ टिम र स्पेसल इन्भाइटबाट आएका २ टिमबीच प्रतिस्पर्धा हुनेछ। स्पेसल इन्भाइटबाट आयोजक राष्ट्रबाट एस२जी र पीईएल प्वाइन्ट टाइटन ईस्पोर्ट्स क्लब सिधैं फाइलनमा छनोट भएका हुन्।

प्रकाशित: १६ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार