एप्पलले लन्च गर्यो नयाँ आईम्याक

  • Technology Khabar | १४ कार्तिक २०८०, मंगलवार
एप्पलले लन्च गर्यो नयाँ आईम्याक

काठमाडौं ।

एप्पलले सबै नयाँ एम ३ चिप द्वारा संचालित नयाँ २४ इन्चको आईम्याक डेस्कटप पीसी प्रस्तुत गरेको छ।

डिभाइस १४ -इन्च र १६ इन्च म्याकबुक प्रो मोडलहरूसँगै घोषणा गरिएको थियो जुन् एम ३ , एम ३  प्रो, र एम ३ म्याक्स चिपसेटहरूद्वारा संचालित छन्।

एप्पलका अनुसार, नयाँ आईम्याक यसकाे एम १ पूर्ववर्ती भन्दा २ गुणा छिटो र लोकप्रिय २७ -इन्च इन्टेल-आधारित मोडलहरू भन्दा २.५ गुणा छिटो रहेकाे उल्लेख छ।

एम ३ चिपले आईम्याकलाई ८ कोर सीपीयू , १० कोर जीपीयू सम्म, र इन्टिग्रेटेड मेमोरीको २४ जीबी सम्म समर्थन गर्ने बताइएकाे छ। कम्पनीले मल्टिटास्किङदेखि कन्टेन्ट क्रिएसन सम्मका विभिन्न कार्यहरूमा उत्कृष्ट प्रदर्शन प्रदान गर्ने दाबी गरेको छ। यसको उन्नत जीपीयूले रियालिस्टीक गेमिङ एक्सपेरियन्सहरू सक्षम बनाउने बताइएकाे छ।

नयाँ आईम्याक २४ -इन्च एलईडी-ब्याकलिट ४.५ के रेटिना डिस्प्लेसँग ५०० निट्स ब्राइटनेसको साथ सुसज्जित छ। यो वाइ-फाइ ६ई, ब्लुटुथ ५.३, र आइफोनसँग सिमलेस इन्टीग्रेसनको समर्थनको साथ आउने उल्लेख छ।

यसमा भिडियो कन्फरेन्सिङका लागि १०८० पी फेसटाइम एचडी क्यामरा, ६-स्पीकर प्रणाली, र डिरेक्सनल बीमफर्मिङसहितको तीन-एरे माइक्रोफोन रहेको छ।

आईम्याक २०२३ ले दुई थन्डरबोल्ट/यूएसबी ४ पोर्टहरू जसले डिस्प्लेपाेर्ट लाई समर्थन गर्ने , थन्डरबोल्ट ३ (४० जीबीपीएस सम्म), यूएसबी ४ (४० जीबीपीएस सम्म), र यूएसबी ३.१ जेन २ (१० जीबीपीएस सम्म)जस्ता कनेक्टीभीटी अप्सनहरू प्रदान गर्छ। यो थन्डरबोल्ट २, एचडीएमआई, डिभीआई, र भीजीएसँग छुट्टै एडेप्टरहरूमार्फत पनि कम्प्याटेबल रहेकाे बताइएकाे छ।

त्यस्तै, यसमा ३.५ एमएम हेडफोन ज्याक र गिगाबिट इथरनेट पोर्ट समावेश रहेकाे छ। आईम्याकले १० जीबीपीएस सम्म छिटो डाटा स्थानान्तरणको लागि दुई यूएसबी ३ पोर्टहरू प्रदान गर्ने उल्लेख छ।

२०२३ आईम्याक म्याक ओएस सोनोमामा चल्ने, जसले भिडियो कन्फरेन्सिङ इन्हान्स र सफारीमा सुधारहरूका लागि डेस्कटपलाई पर्सनलाइज गर्न विजेटहरू प्रस्तुत गर्ने बताइएकाे छ।यसले राम्रो गेमिङ प्रदर्शनको लागि नयाँ स्क्रिन सेभर र गेम मोडको कलेक्सन पनि प्रदान गर्ने उल्लेख छ।

निर्माणको सन्दर्भमा, स्लीक लुकीङ आईम्याक सस्टेनाब्लिटीलाई ध्यानमा राखी पुन: प्रयोग गरिएका सामग्रीहरू प्रयोग गरेर तथा हानिकारक पदार्थहरू हटाएर डिजाइन गरिएको बताइएकाे छ। यो धेरै भन्दा धेरै सात रंग मा पर्चेज गर्न सकिने उल्लेख छ।

आजदेखि, आईम्याक २०२३  धेरै बजारहरूमा प्री-अर्डरहरूको लागि उपलब्ध रहेकाे उल्लेख छ।

८-कोर जीपीयू भेरियन्ट, जुन नीलो, हरियो, गुलाबी र सिल्भर शेडहरूमा आउने छ। यसको मूल्य १ हजार २ सय ९९ डलर छ। यसको १० -कोर जीपीयू भेरियन्ट १ हजार ४ सय ९९ डलरबाट सुरु हुने छ। याे निलो, हरियो, गुलाबी, चाँदी, पहेँलो, सुन्तला र बैजनी जस्ता धेरै रंगहरूमा आउने र  नोभेम्बर ७ देखि खरिदका लागि उपलब्ध हुने बताइएकाे छ।

प्रकाशित: १४ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

चोरीसिकारी नियन्त्रण गर्न सिसी क्यामरा

  • Technology Khabar
  • १४ कार्तिक २०८०, मंगलवार