
काठमाडौं ।
फेसबुक र इन्स्टाग्रामले युरोपमा सब्सक्रिप्सन योजना सुरु गर्ने भएको छ। सब्सक्रिप्सन प्लान अन्तर्गत प्लेटफर्महरूबाट विज्ञापनहरू हुने छैनन्।
हाल इलन मस्कको विगतको ट्विटर हाल एक्सले ९.९९ युरो मासिक शुल्कमा विज्ञापन रहित सेवा उपलब्ध गराइरहेको छ।
गत जनवरीमा मेटालाई विज्ञापनको सम्बन्धमा ईयु डाटा नियमहरु तोडेकोमा ३९० मिलियन युरो जरिवाना गरिएको थियो।
नियामकले तत्कालिन समयमा कम्पनीले उपभोक्ताहरूलाई उनीहरुको डाटा कसरी प्रयोग गरिन्छ भन्ने स्वीकार गर्नु पर्ने वा प्लेटर्महरु छोड्नु पर्छ भनेर बाध्य पार्न नहुने बताएको थियो।
सब्सक्रिप्सन टियर नोभेम्बरदेखि ईयु, युरोपेली आर्थिक क्षेत्र र स्विट्जरल्याण्डका उपभोक्ताका लागि मात्र हुनेछ।
तर यो सुरुमा १८वर्ष भन्दा माथिका मानिसहरूका लागि मात्र पहुँचयोग्य हुनेछ। कम्पनी ईयुको नियममा रहेर युवाहरुलाई विज्ञापनहरू प्रदान गर्न सकिन्छ भनेर योजनामा काम गरिरहेको बीबीसीले उल्लेख गरेको छ।
मेटाले नयाँ सब्सक्रिप्सन योजना पैसा कमाउने उद्देश्यबाट पेरित नभएर ईयुको चिन्ताहरु सम्बोधन गर्नका लागि ल्याउन लागेको बताएको छ।
प्रकाशित: १४ कार्तिक २०८०, मंगलवार