ह्वावे नोभा ११ एसईको लन्च मिति पुष्टि, गिकबेन्चमा सूचीबद्ध

  • Technology Khabar | १३ कार्तिक २०८०, सोमबार
ह्वावे नोभा ११ एसईको लन्च मिति पुष्टि, गिकबेन्चमा सूचीबद्ध

काठमाडौं ।

ह्वावेले आधिकारिक रूपमा ह्वावे नोभा ११ एसई मिड-रेन्ज स्मार्टफोनको लन्च मिति घोषणा गरेको छ। नोभा ११ सिरिज आगामी नाेभेम्बर ३ मा चीनमा अनावरण गर्ने योजना गरिएको छ।

यसको अनावरणमा, उपकरणले यसको चिपसेट, र्याम, र अपरेटिङ सिस्टमको बारेमा महत्त्वपूर्ण विवरणहरू प्रदान गर्दै गिकबेन्चमा देखा परेको  गिज्माेचाइनामा उल्लेख छ।

चर्चाहरूका अनुसार, हालै गिकबेन्चमा देखा परेको मोडल नम्बर वान-अल ०० भएको ह्वावे फोन ह्वावे  नोभा ११ एसइ हुन सक्छ। उपकरण पहिले टिना प्रमाणीकरण प्लेटफर्मको डाटाबेसमा देखा परेको थियो।

एक लीक पोस्टरसंगै गत हप्ता देखा परेको टिना सूचीले डिभाइसको फूल स्पेसिफिकेसनहरू प्रकट गरेको थियो।

गिकबेन्च सूची अनुसार, नोभा ११ एसइ स्न्यापड्रयागन ६८० चिपसेटद्वारा संचालित देखिन्छ, यद्यपि उपकरणको नाम स्पष्टरूपमा उल्लेख गरिएको छैन। सूचीले यो २.२ गिगाहर्जमा चल्ने चार सीपीयू कोर र १.९ गिगाहर्जमा चार सीपीयू कोरहरू भएको अक्टा-कोर प्रोसेसरसँग सुसज्जित रहेको उल्लेख छ। ग्राफिक्सका लागि एन्ड्रीनो ६१० जीपीयू द्वारा ह्यान्डल गरिएको तथा डिभाइस ८ जीबी र्यामसहित एन्ड्रोइड १३ मा चल्छ।

यसको अतिरिक्त, यसले गीकबेन्च ६ मा ४१० को एकल-कोर स्कोर र १४४७ अंकको बहु-कोर स्कोर हासिल गर्यो।

अघिल्लो रिपोर्टहरू अनुसार, ह्वावे नोभा ११ एसईमा ६.६७ इन्चको एफएचडी प्लस ओएलईडी ९० हर्जको स्क्रिन र साइड-फेसिङ फिंगरप्रिन्ट स्क्यानर हुनेछ।

नोभा ११ एसईमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा र १०८ मेगापिक्सेल (मुख्य) तथा ८ मेगापिक्सेल (अल्ट्रा-वाइड) २ मेगापिक्सेल (म्याक्रो) ट्रिपल क्यामरा युनिट हुनेछ।

स्न्यापड्रागन ६८० संचालित उपकरणमा ८ जीबी र्यामका साथमा २५६ जीबी र ५१२ जीबी स्टोरेजसहित ४५०० एमएएच ब्याट्री हुनेछ जसले ६६ वाट फास्ट चार्जिङलाई समर्थन गर्दछ। यो कालो, सेतो र हरियो जस्ता रंगहरूमा आउने अपेक्षा गरिएको छ।

 

प्रकाशित: १३ कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १३ कार्तिक २०८०, सोमबार