केकेआरले मलेसियाको सबसी टेल्को केबल सेवा फर्ममा ४०० मिलियन डलर लगानी गर्ने

  • Technology Khabar | १३ कार्तिक २०८०, सोमबार
केकेआरले मलेसियाको सबसी टेल्को केबल सेवा फर्ममा ४०० मिलियन डलर लगानी गर्ने

काठमाडौं ।

अमेरिकी निजी इक्विटी फर्म केकेआरले मलेसियाको सबसी (उपसामुद्रिक) दूरसञ्चार केबल सेवा प्रदायक ओएमएस ग्रुपमा ४०० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ।

कम्पनीहरुले सोमबार जारी गरेको संयुक्त विज्ञप्तिमा अमेरिकी निजी इक्विटी फर्म केकेआरले मलेसियाको सबसी  दूरसञ्चार केबल सेवा प्रदायक ओएमएस ग्रुपमा ४०० मिलियन अमेरिकी डलर लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेको रोयटर्सले उल्लेख गरेको छ।

विज्ञप्तिमा कारोबारको बारेमा थप जानकारी उपलब्ल गरिएको छैन।

यो सम्झौताले केकेआरको दक्षिणपूर्व एशियाको डिजिटल पूर्वाधारमा पछिल्लो लगानीलाई दर्शाउँछ। केकेआरको सिंगापुर टेलिकम्युनिकेसन्सको क्षेत्रीय डाटा सेन्टर र फिलिपिन्सको डिजिटल इन्फ्रास्ट्रक्चर कम्पनी पिनेकल टावर्समा लगानी रहेको छ।

केकेआरको लगानी ओएमएसको बृद्धिलाई गति दिन प्रयोग गरिने छ, जसमा फ्लीटको आकार र क्षमताहरू विस्तार गर्न र केबल ल्यान्डिङ स्टेशनहरू र सबसी केबल मार्गहरूमा लगानी गरिने विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १३ कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

inDrive Honors Nepal’s Top-Performing with EV Cab and E-Scooter at Platinum Giveaway in Nepal

  • Technology Khabar
  • १३ कार्तिक २०८०, सोमबार