
काठमाडौं ।
ओला इलेक्ट्रिकले इक्विटी अन्तर्गत रु ३,२०० करोडको कोष पूरा गरेको बिहीबार घोषणा गरेको छ। टेमासेकको नेतृत्वमा लगानीकर्ताहरूबाट ऋण राउन्ड र स्टेट बैंक अफ इण्डियाबाट परियोजना ऋण लगानी उठाएको हो।
संकलन गरिएको रकम ओलाको ईभी व्यवसाय विस्तार गर्न र तमिलनाडुको कृष्णगिरीमा भारतको पहिलो लिथियम-आयन सेल उत्पादन केन्द्र स्थापना गर्न प्रयोग गरिने कम्पनीले एक विज्ञप्तिमा जनाएको छ।
ओला इलेक्ट्रिकले इलेक्ट्रिक कार पछि इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने र गिगाफ्याक्ट्रीको निर्माणलाई तीव्रता दिने लक्ष्य राखेको छ।
ओला इलेक्ट्रिकका संस्थापक र सीईओ भाविश अग्रवालले भने, “हामी ईभी र सेलहरूमा मुख्य प्रविधिहरू विकास गर्न प्रतिबद्ध छौं। दिगो गतिशीलतामा संक्रमणलाई थप गति दिन निर्माणले र्याम्पिङ गरिरहेको छ। हाम्रा लगानीकर्ता र ऋणदाताहरूले ओलाको दृष्टिकोणमा गहिरो विश्वास देखाएका छन्। हामी उहाँहरूको निरन्तर समर्थन र प्रोत्साहनको लागि धन्यवाद दिन्छौं।”
ओला इलेक्ट्रिकलाई हालै सरकारले आफ्नो महत्वाकांक्षी सेइल पीएलआई (SAIL PLI) योजना अन्तर्गत २० गीगावाटआवरको अधिकतम क्षमता हासिल गर्ने एक मात्र भारतीय ईभी कम्पनीको रूपमा चयन गरेको थियो। ओलाको लिथियम-आयन सेल उत्पादन सुविधाको प्रारम्भिक क्षमता पहिलो चरणमा ५ गीगावाट आवर हुनेछ, जसलाई चरणहरूमा गरेर पूर्ण क्षमतामा १०० गीगावाट आवरमा विस्तार गरिनेछ।
ओला इलेक्ट्रिकले हालै आफ्नो स्कुटर पोर्टफोलियोलाई ई-स्कुटर एस १ प्रो, एस १ एयर, एस १ गरी पाँच उत्पादनमा विस्तार गरेको छ।
कम्पनीले आगामी वर्षको अन्त्यसम्ममा लन्च गर्ने आफ्नो बाइक लाइनअप पनि सार्वजनिक गरेको छ।
प्रकाशित: ११ कार्तिक २०८०, शनिबार