चीनको वाइएमटीसीद्वारा विश्वको सबैभन्दा एडभान्स ३डी नान्ड मेमोरी चिप अनावरण

  • Technology Khabar | ११ कार्तिक २०८०, शनिबार
चीनको वाइएमटीसीद्वारा विश्वको सबैभन्दा एडभान्स ३डी नान्ड मेमोरी चिप अनावरण

काठमाडौं ।

चीनको अग्रणी मेमोरी चिप निर्माता, याङ्त्जे मेमोरी टेक्नोलोजीज (वाइएमटीसी)ले चुनौतीहरूको बीचमा विश्वको सबैभन्दा उन्नत ३डी नान्ड मेमोरी चिप अनावरण गरेको छ।

कडा प्रतिबन्धहरूको सामना तथा अमेरिकी वाणिज्य विभागको इकाई सूचीमा राखिएको भएता पनि, चिप निर्माता वाइएमटीसीले उन्नत मेमोरी चिप अनावरण गरेको बताइएको हो।

कम्पनीले भर्खरैको अनावरणमा, नाेटेबल सेमिकण्डक्टर एनालिस्ट फर्म टेकइन्साइट्सद्वारा “विश्वको सबैभन्दा एडभान्स” ३डी नान्ड मेमोरी चिपको रूपमा प्रशंसा गरिएको उत्पादन रहेको बताइएको छ।

वाइएमटीसीद्वारा यो महत्त्वपूर्ण प्रगति ३डी नान्ड मेमोरीले हाइ पर्फरमेन्स कम्प्युटिङ एप्लीकेसनहरूमा, विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले पनि महत्वपूर्ण मानिएको छ।

वाइएमटीसीको चिपको सफलता अन्तर्राष्ट्रिय चुनौतीहरूको बाबजुद आफ्नो घरेलु सेमीकण्डक्टर आपूर्ति श्रृंखलालाई अगाडि बढाउने चीनको अटल प्रतिबद्धताको प्रमाण रहेको बताइएको छ।

यद्यपि, चिपको ठूलो उत्पादनले अवरोधहरूको सामना गर्यो। वाइएमटीसीको स्थितिलाई बलियो बनाउँदै, अप्रिलमा कम्पनीले “एक्सट्याकीङ ३.०” आर्किटेक्चर प्रयोग गरेर यसको टप-लेबल चिपहरू उत्पादन गर्ने लक्ष्य राख्दै चिनियाँ आपूर्तिकर्ताहरूसँगको सहकार्यलाई तिव्र पारेको रिपोर्टहरूले संकेत गरेकाे थिए।

यो प्रयास एक गोप्य परियोजना, वुडाङ्गशानको एक हिस्सा रहेकाे  बताइएकाे छ। यसले चिनियाँ उपकरणमा मात्र भर पर्न खोजेको उल्लेख छ।

प्रकाशित: ११ कार्तिक २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार