
काठमाडौं ।
इलेक्ट्रिक मोटरसाइकल निर्माता कम्पनी टोर्क मोटर्सले आफ्नो क्रेटोस आर बाइकलाई नयाँ इको प्लस राइड मोडका साथ अपडेट गरेको छ। अपडेटसँगै इलेक्ट्रिक बाइकको रेञ्ज बढेको छ।
अपडेट अघि क्रेटोस आर बाइकले १५० किलोमिटर रेञ्ज प्रदान गथ्र्यो भने अब १८० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। टोर्क क्रेटोस आर इको प्लसका साथै इको, सिटी र स्पोर्ट मोडमा उपलब्ध छ।
टोर्क मोटर्सले इको प्लस मोड विशेष रुपमा शहरी क्षेत्रका ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरेको छ। भिड भाड र अधिक ट्राफिक भएको स्थानमा बाइकको रेञ्ज प्रभावित हुन्छ।
यस्तो अवस्थामा अधिकतम रेञ्ज उत्पादन गर्न उक्त राइडिङ मोड बाइकको टप स्पीड ३५ किलोमिटर प्रति घण्टामा सिमित गर्छ। आवश्यकताका आधारमा हाई परफर्मेन्स मोडमा स्विच गरेर बाइकको गति बढाउन सकिने ड्राइभस्पार्कले उल्लेख गरेको छ।
टोर्क मोटर्सका सीईओ कपिल शेल्केले भने, ग्राहकले अनुरोध गरेकाले इको प्लस मोड समावेश गरिएको हो। शहरी उपभोक्ता स्कुटरमा अधिक रेञ्ज माग गर्छन्। यद्यपि आवश्यकताको आधारमा हाई स्पीडमा स्विच गर्ने विकल्प पनि छ।
कम्पनीले उपभोक्ताको सुविधालाई ध्यानमा राखेर क्रेटोस आरमा इको मोड दिइएको उनको दाबी छ। राइडरले आफ्नो आवश्यकताको आधारमा यस मोडका साथ अधिकतम रेञ्ज प्राप्त गर्न सक्छन्। साथै स्पोर्ट मोड एक्टिभ गरेर बाइकको पूर्ण क्षमता पनि उपयोग गर्न सकिन्छ।
स्पोर्ट मोडमा क्रेटोस आर १०५ किलोमिटर प्रति घण्टाको टप स्पीडमा चलाउन सकिन्छ। नयाँ क्रेटोस आर बाइकमा इको प्लस मोड उपलब्ध छ। यस अघि खरिद गरेका ग्राहकका लागि यो विकल्प उपलब्ध छ।
चार ड्राइभ मोडका साथै यसमा रिभर्स मोड पनि उपलब्ध छ। यस बाइमा ४.० किलोवाट अवारको लिथियम आयन ब्याट्री प्यक र ९ किलोवाटको एक्सियल फ्लक्स मोटर दिइएको छ।
फास्ट चार्जरबाट यो बाइक एक घण्टामा ० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ। यसका साथै एलईडी लाइटिनिङ, इन्स्ट्रुमेन्ट क्लस्टर, रिजेनरेटिभ ब्रेकिङ, मोबाइल कनेक्टिभिटी, यूएसबी चार्जिङ, एन्टी थेफ्ट फ्रन्ट स्टोरेज बक्स र ओटीए अपडेट लगायत फिचर्स दिइएको छ।
प्रकाशित: ४ कार्तिक २०८०, शनिबार