‘क्यामियो फायर १०० इयरबड्स’ बजारमा उपलब्ध

  • Technology Khabar | २९ आश्विन २०८०, सोमबार
‘क्यामियो फायर १०० इयरबड्स’ बजारमा उपलब्ध

काठमाडौं ।

क्यामियो इन्टरनेसनल प्रालिले ‘क्यामियो फायर १०० इयरबड्स’ नेपाली ग्याजेट्स बजारमा भित्रिएको छ। युवा प्रयोगकर्तालाई मध्यनजर राखी ४० घन्टा प्लेटाईम र ३० दिन स्ट्याण्डबाई सहित यो इयरबड्स बजारमा ल्याएको हो।

कम्पनीकाअनुसार स्टेरियो एचडी साउन्ड क्वालिटी साथैएआई–इएनसी रहेको इयरबडले स्वतः९० प्रतिशत न्वाइज कन्ट्रोल गर्न सक्षम रहेको छ।

यसैगरी यस इयरबड्सको विशेषता भनेको ३० दिनको स्ट्याण्डबाई सुबिधा हो, जस्ले गर्दा दसैंमा घुमघाम गर्न जाँदा चार्जिङ्गको चिन्ता नहुने कम्पनीका प्रतिनिधि बताउँछन।

इयरबड्स स्वीट एण्ड डस्ट रेसिस्टेन्ट भएकाले पसिना र धुलोले नबिगार्ने कम्पनीको भनाइ छ । सजिलै

स्मार्टफोनसँग कनेक्ट गर्नका लागी क्यामि यो फायर १०० मा भ्वाइस असि स्टेन्ट सर्पो टका साथ ब्लूटुथ भर्सन ५.३ रहेको छ।

५० एमएएचको ब्याट्री पावर र चार्जिङ बक्समा ४०० एमएएचको ब्याट्री प्याक रहेको यस इयरबड्सलाई १ घण्टामानै फुल चार्ज गर्न सकिनेछ । क्यामियो फायर १०० इयरबड्स यही अक्टोबर ११ बाट बजारमा उपलब्ध भएकोछ।

क्यामियो इन्टरनेशनलका प्रवक्ता उपेन्द्र साहले आधिकारिक विज्ञप्तिमा भने, “हामीले यात्रुहरू, सङ्गीतप्रेमीहरू र युवाहरूको आवश्यकताको गहिरो बुझाइका साथ यो उत्पादन ल्याएका हौं। ४० घण्टाको रनटाइम र ३० दिनको स्ट्यान्डबाइ टाइममा प्रयोगकर्ताहरू। ननस्टप मनोरन्जनको मजा लिन सकिन्छ।यसका अतिरिक्त, भ्वाइस असिस्टेन्ट र ब्लुटुथ संस्करण ५.३ को समावेशले प्रयोगकर्ताको अनुभव बढाउँछ।

क्यामियो फायर १०० इयरबडहरूले अडियो टेक्नोलोजीको अपोजी प्रतिनिधित्व गर्दछ, जसले प्रयोगकर्ताहरूलाई बेजोड श्रवण अनुभव प्रदान गर्दछ। तिनीहरूको असाधारण ध्वनि गुणस्तर, नवीन सुविधाहरू, र उल्लेखनीय स्थायित्वका साथ, यी इयरबडहरू हामीले यात्रा गर्ने, प्रविधिसँग जोडिने र संगीतको आनन्द लिने तरिकामा क्रान्तिकारी परिवर्तन गर्न तयार छन्।

प्रकाशित: २९ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार