नासाका लागि स्पेशएक्सको फाल्कन हेभीमार्फत एस्टेरोइड मिसन लन्च

  • Technology Khabar | २८ आश्विन २०८०, आईतवार
नासाका लागि स्पेशएक्सको फाल्कन हेभीमार्फत एस्टेरोइड मिसन लन्च

काठमाडौं ।

स्पेसएक्सको शक्तिशाली फाल्कन हेभी रकेट शुक्रबार बिहान सफलतापूर्वक प्रक्षेपण गरिएको छ। यस मिसन मार्फत नासाले टाढाको एस्टेरोइड (क्षुद्रग्रह) अध्ययन गर्नेछ।

यस मिसनको लक्ष्य साइकी एस्टेरोइड रहेको छ। टेनिस कोर्टको चौडाइको अन्तरिक्ष यानले करिब ६ वर्ष र २.२ बिलियन माइलको यात्रा गरेर जुलाई २०२९ मा एस्टेरोइडमा पुग्नेछ।

प्रक्षेपण फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट बिहान १०ः१९ बजे इटीमा उडान भरेको थियो।

नासा एस्टेरोइडको संरचना अध्ययन गर्न चाहन्छ, जसलाई एजेन्सीले “धातुमा धनी हुने असामान्य वस्तु“ को रुपमा वर्णन गरेको छ। साइकी स्पेसक्राफ्ट विभिन्न प्रकारका वैज्ञानिक उपकरणहरू, जस्तै क्षुद्रग्रहको चुम्बकीय क्षेत्र र रासायनिक संरचनाको अध्ययन गर्ने उपकरणहरूसँग सुसज्जित छ।

एजेन्सीले साइकी मिशनमा विकास र सञ्चालनको लागत सहित लगभग १.२ बिलियन अमेरिकी डलर खर्च गर्ने अपेक्षा गरिएको सीएनबीसीले उल्लेख गरेको छ।

उक्त कुल लागत मध्ये नासाले स्पेसएक्सलाई मिशन सुरु गर्न लगभग १३१ मिलियन अमेरिकी डलरको ठेक्का प्रदान गरेको छ।

यस मिसनले स्पेसएक्सको फाल्कन हेभी रकेटको आठौं प्रक्षेपण हो। साथै यो कम्पनीको सबैभन्दा शक्तिशाली अपरेशन हो।

रकेटको साइड बूस्टरहरूको जोडीलाइ निकालिएको छ र यसबाट भविष्यको प्रक्षेपणका लागि तिनीहरूलाई पुनः प्राप्ति गर्न र पुन प्रयोग गर्न सकियो भनेर।

प्रकाशित: २८ आश्विन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...