माइक्रोसफ्टले एक्टिभिजन ब्लिजार्ड किन्न बेलायतको स्वीकृति

  • Technology Khabar | २६ आश्विन २०८०, शुक्रबार
माइक्रोसफ्टले एक्टिभिजन ब्लिजार्ड किन्न बेलायतको स्वीकृति

काठमाडौं ।

बेलायतको एन्टिट्रस्ट नियामकले माइक्रोसफ्टलाई एक्टिभिजन ब्लिजार्ड ६८.७ बिलियन अमेरिकी डलरमा किन्न स्वीकृति प्रदान गरेको छ।
कम्पिटिसन एण्ड मार्केट्स अथोरिटी (सीएमए)ले गेमिङ इतिहासको सबैभन्दा ठूलो मर्जरलाई पूर्णता दिन बाटो खुला गरेको हो इनग्याजेडले उल्लेख गरेको छ।

नियामकले युबीसफ्ट इन्टरटेनमेन्टलाई आफ्नो स्ट्रिमिङ अधिकार बेच्ने माइक्रोसफ्टको प्रस्तावलाई ‘प्रतिस्पर्धालाई बढावा दिने गेमचेन्जर’ भनेको छ।

सेप्टेम्बरमा कम्पनीको संशोधित मर्जर सम्झौताले पर्याप्त रूपमा अघिल्लो सरोकारहरूलाई सम्बोधन गर्दछ र सम्झौतालाई मार्गदर्शन गर्ने नियमकले भनेको छ। नियमकको उक्त भनाइसँग यो सम्झौताले स्वीकृति पाउने विश्वास गरिएको थियो।

अप्रिलमा सीएमएले क्लाउड गेमिङ स्पेसमा माइक्रोसफ्ट धेरै हावी हुने आशंकमा सम्झौता अवरुद्ध गरेको थियो।

यो सम्झौता भएमा गेमिङ क्षेत्रमा माइक्रोसफ्टको एकाधिकार कायम हुने भन्दै अन्य प्रतिस्पर्धीहरुले पनि चिन्ता व्यक्त गरेका थिए। साथै माइक्रोसफ्टलाई प्रतिस्पर्धीहरुको चिन्ता समाधान गर्न सीएमएले दोस्रो मौका प्रदान गरेका थियो।

सीएमएले कम्पनीलाई सम्झौतामा आवश्यक सुधारका लागि तीन महिनाको समय बढाएको थियो। माइक्रोसफ्टले पछि नियमकलाई एक परिमार्जित सम्झौता पेश गरेको थियो। त्यसमा यदि मर्जर भएको खण्डमा यूबीसफ्टलाई एक्टिभिजन ब्लिजार्ड गेम स्ट्रिमिङ अधिकार बिक्री गरिनेछ। यूबीसफ्टले हालको शीर्षकहरू र अर्को १५ वर्षहरूमा एक्टिभिजन ब्लिजार्डले जारी गर्ने कुनै पनि गेमको लागि स्थायी रूपमा क्लाउड स्ट्रिमिङ अधिकारहरू प्राप्त गर्नेछ।

प्रकाशित: २६ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...