इन्जिनियर लाइसेन्स लिन छ हजारको आवेदन

Technology Khabar २४ आश्विन २०८०, बुधबार

इन्जिनियर लाइसेन्स लिन छ हजारको आवेदन
सांकेतिक तस्बिर

काठमाडौं ।

इन्जिनियरिङमा स्नातक गरेका छ हजार २६ जनाले लाइसेन्स परीक्षामा सम्मिलित हुन आबेदन फाराम भरेका छन्। नेपाल इन्जिनियरिङ परिषद्ले एक महिनाको म्याद दिएर लाइसेन्स फाराम खुला गरेको थियो ।

परीक्षा आगामी मसिरमा सञ्चालन गरिने छ।

परिषद्का रजिष्ट्रार शिबमगल गिरीले आबेदकको प्रमाणपत्र छानबिन गर्न बाँकी रहेको र अन्तिम नामावलीपछि प्रकाशित गरिने बताए।

विगतमा आबेदन दिएकाजतिलाई लाइसेन्स उपलब्ध गराउने गरिएकोमा गत बर्षदेखि परीक्षा नै सञ्चालन गर्न लागिएको हो। परिषदले यो तेस्रो पटक लिखित परीक्षा सञ्चालन गर्न लागेको हो।

गत परीक्षामा धेरै असफल भएका थिए। पहिलो पटक सञ्चालन गरिएको परीक्षामा दुई हजार छ जनामध्ये ५६५ जना सफल भएका थिए। सो परीक्षामा २८.१६ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए। विदेशमा अध्ययन गरेका ३७८ जनाले परीक्षा दिएकोमा जम्मा ५५ उत्तीर्ण भएका थिए।

परिषदले लिएको दोस्रो पटकको परीक्षामा दुई हजार ४६८ जनामध्ये ८०१ जना अर्थात् ३३.८७ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए। त्यतिबेला विदेश पढेर आएका ४०४ जनामध्ये ४१ जना मात्रै उत्तीर्ण भएका थिए।

अहिले इन्जिनियरिङ परिषदले एक सय पूर्णांकमा ५० अंक ल्याए उत्तीर्ण हुन सक्ने व्यवस्था गरेको छ। परीक्षामा सबै प्रश्न बस्तुगत हुने गरेको छ। नेपालमा हालसम्म ७८ हजार आठ सय इन्जिनियरले लाइसेन्स लिइसकेका छन्।गोरखापत्रबाट

प्रकाशित: २४ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया