भारतमा भिभोका सीएफओसहित चार कार्यकारीहरू पक्राउ, सम्पत्ति शुद्धिकरणको आरोप

  • Technology Khabar | २४ आश्विन २०८०, बुधबार
भारतमा भिभोका सीएफओसहित चार कार्यकारीहरू पक्राउ, सम्पत्ति शुद्धिकरणको आरोप

काठमाडौं ।

भारतमा १२ करोड डलर सम्पत्ति शुद्धीकरण मुद्दामा भिभोका सीएफओ सहित चार कार्यकारीहरूलाई पक्राउ परेका छन्। भारतको वित्तीय अपराध एजेन्सीले १२ करोड अमेरिकी डलरको सम्पत्ति शुद्धिकरण योजनाको आरोपमा चिफ फाइनान्सियल अफिसर (सीएफओ) सहित भिभो इन्डियाका चार शीर्ष कार्यकारीहरुलाई पक्राउ गरेको हो।

भिभो इन्डिया माथि १२ करोड अमेरिकी डलर सम्पत्ति शुद्धीकरण योजना सञ्चालन गरेको आरोप छ। प्रवर्तन निर्देशनालयले भिभो इन्डियाले शेल कम्पनीहरू र नक्कली निर्देशकहरूमार्फत उक्त रकम निकालेको आरोप लगाएको छ। उक्त आरोपमा एजेन्सीले भिभो इन्डियाका सीएफओ सहित चार शीर्ष कार्यकारीहरू पक्राउ गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

एजेन्सीको अनुसन्धान जुलाई २०२२ मा सुरु भएको थियो। तत्कालिन समयमा एजेन्सीले भिभो इन्डियाको कार्यालय र गोदाममा छापा मारेको थियो। उक्त छापामा ५० मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति र नगद जफत गरिएको थियो। यो घोटाला भिभो भन्दा पनि पर गएको छ र उक्त मुद्दामा लाभा इन्टरनेशनलका प्रबन्ध निर्देशक पनि पक्राउ परेका छन्।

यस विषयको सम्बन्धमा सबै विवरणहरू अझै स्पष्ट छैनन्। र भिभोले हालसम्म घोटालाको बारेमा आधिकारिक बयान जारी गरेको छैन।

प्रकाशित: २४ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...