
काठमाडौं ।
पोलेस्टारले सन् २०२३ को तेस्रो त्रैमासिकको विद्युतीय सवारीसाधन (इभी) बिक्रीको संख्या सार्वजनिक गरेको छ। भर्खरैको घोषणामा, पोलेस्टारले २०२३ को तेस्रो त्रैमासिकमा आफ्नो विद्युतीय सवारी डेलिभरीको तथ्याङ्क सार्वजनिक गरेको हो।
तथ्याङ्क अनुसार १३ हजार ९ सय इकाइहरूको साथमा वार्षिक रूपमा ५० प्रतिशत वृद्धि भएको उल्लेख छ। गत वर्षको तुलनामा उल्लेखनीय बृद्धि भए तापनि, संख्याले २०२३ को दोस्रो त्रैमासको १५ हजार ८०० र चौथो त्रैमास २०२२ मा २१ हजार २ को अल टाइम हाइको तुलनामा गिरावट देखाउँछ।
यी उतार-चढावहरूको बावजुद, कम्पनीको अप्ग्रेडेड पोलेस्टार २ को बिक्रीमा बलियो मार्जिनद्वारा समर्थित “भोल्युममा मूल्य” मा कम्पनीको स्पष्ट जोडले ध्यान खिचेको छ।
उनीहरूले २०२३ मा प्रारम्भिक ८० हजारको लक्ष्यबाट घटाएर ६० हजारदेखि ७० हजार सवारी साधनहरू बिक्री लक्ष्य राखेको बेला पोलेस्टारले यस वर्ष लगभग ४१,७०० कारहरू वितरण गरिसकेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशत वृद्धि भएको गिज्माेचाइनामा उल्लेख छ।
वर्षको रिभाइज्ड टार्जेट पूरा गर्न पोलेस्टारले चौथो त्रैमासिकमा १८ हजार ३ सय देखि २८ हजार ३ सय युनिटहरू बीचमा बेच्नुपर्नेछ।
प्रकाशित: २० आश्विन २०८०, शनिबार