
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय अन्तरगत इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक वर्ष २०८०/०८१ को स्नातकको प्रवेश परीक्षा संचालन गर्ने भएको छ।
यसअघि विवादका कारण स्थगित भएको सो प्रवेश परीक्षा असोज २२ गतेदेखि हुने जानकारी दिएको छ।
प्रवेश परीक्षा बोर्डको सूचनाअनुसार शैक्षिक वर्ष २०८०/०८१ को स्नातक (बि.ई/बि. आर्क तह) को लागि पुरानै शुल्कमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा संचालन गरिनेछ।
शैक्षिक वर्ष २०८०/०८१ को स्नातक (बि.ई/वि.आर्क तह) का विभिन्न कार्यक्रमहरुमा इ.अ.सं. का आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा पुरानै शुल्कमा विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्युटर विधिवाट संचालन गरिने भएको छ।
सो प्रवेश परीक्षाको फाराम असोज १७, १८ र १९ गते सम्म भर्ने समय थप गरिएको छ भने असोज २२ गते देखि प्रवेश परीक्षा संचालन गर्ने जानकारी दिएको छ।
यस अघि फाराम भरीसकेका विद्यार्थीहरुले पुनः फाराम भर्नुपर्ने नपर्ने व्यवस्था रहेको डीन प्रा. डा. शशीधर राम जोशीद्वारा जारी सूचनामा उल्लेख छ।
प्रकाशित: १६ आश्विन २०८०, मंगलवार