Technology Khabar १६ आश्विन २०८०, मंगलवार
काठमाडौं ।
यूएस स्पेस फोर्सले स्टारशिल्ड भूउपग्रह संचारको लागि स्पेसएक्सलाई सम्झौता गरेको छ। इलन मस्कको स्पेसएक्सलाई अमेरिकी स्पेस फोर्सले सम्झौता गरेको हाे।
कम्पनीले आफ्नो नयाँ स्टारशिल्ड कार्यक्रम प्रयोग गरेर भूउपग्रह संचार प्रदान गर्न ७० मिलियन अमेरिकी डलर सम्झौता प्राप्त गरेको बताइएकाे छ।
स्पेस एक्सले स्टारशिल्ड विशेष गरी अमेरिकी सेनाको लागि कार्यक्षमता प्रदान गर्न स्याटेलाइटहरु अर्थात उपग्रहहरूको स्टारलिंक नेटवर्कलाई पुन: निर्माण गरिरहेको छ। आधिकारिक नोटहरूकाअनुसार, यो “सरकारी निकायहरूको लागि सुरक्षित स्याटेलाइट नेटवर्क” रहेकाे उल्लेख छ।
सम्झौताको अवधि एक वर्षको छ। युएस स्पेस फोर्सका प्रवक्ताका अनुसार,”स्पेसएक्स सम्झौताले स्टारशिल्डको इन्ड-टू-इन्ड सेवा (स्टारलिंक तारामंडल मार्फत), प्रयोगकर्ता टर्मिनलहरू, सहायक उपकरणहरू, नेटवर्क व्यवस्थापन र अन्य सम्बन्धित सेवाहरू प्रदान गर्ने बताइएकाे छ।
“सम्झौताको प्रारम्भिक चरणहरूमा, स्पेस फोर्सले स्पेस एक्सलाई १५ मिलियन अमेरिकी डलरको रकम तिर्नेछ,जसमा पछिल्ला प्रस्तावहरू रक्षा विभाग (डिओडी ) शाखाहरूमा ५४ सैन्य “मिशन साझेदारहरू” हुनेछ।
यसअघि मस्कले रूसी सेनाहरू विरुद्ध नौसेना आक्रमणका लागि अनुमति दिन स्टारलिंक कभरेज विस्तार गर्न अस्वीकार गरेको खुलासा भएकाे थियो।
जसमा अमेरिकी सिनेटरहरूले उनको कार्यमा निराशा व्यक्त गरेका थिए।
उता मस्कले भने फरक मत जाहेर गरेका छन्। “स्टारलिङ्क एक नागरिक नेटवर्क हुनु आवश्यक छ, लड्नको लागि एक सहभागी होइन। स्टारशिल्ड अमेरिकी सरकारको स्वामित्वमा हुने तथा डिओडी स्पेस फोर्सद्वारा नियन्त्रित हुनेछ,” इलन मस्कले भने।
प्रकाशित: १६ आश्विन २०८०, मंगलवार