सुस्त इन्टरनेटमा अब जिमेल नखुल्ने, कम्पनीले बन्द गर्दैछ एचटीएमएल भर्सन

  • Technology Khabar | १५ आश्विन २०८०, सोमबार
सुस्त इन्टरनेटमा अब जिमेल नखुल्ने, कम्पनीले बन्द गर्दैछ एचटीएमएल भर्सन

काठमाडौं ।

जिमेलले चाँडै नै आफ्नो एउटा फिचर बन्द गर्न लागेको छ, जसका कारण तपाईले जिमेलको एचटीएमएल भर्सन खोल्न सक्नुहुने छैन ।

हामीमध्ये धेरैले जिमेल प्रयोग गर्छौं, धेरैसँग फास्ट इन्टरनेटको सुविधा नहुन सक्छ, तर स्लो इन्टरनेटमा पनि आफ्नो जिमेल अकाउन्ट चलाउन सक्ने भएपनि एचटीएमएल भर्सन बन्द हुँदा अब त्यस्तो हुने छैन।

तसर्थ, यदि तपाई पनि जिमेल प्रयोग गर्नुहुन्छ भने, अब तपाईलाई फास्ट इन्टरनेट पनि चाहिन्छ, किनकि एचटीएमएल संस्करण बन्द भएपछि तपाईले जीमेलको स्ट्याण्डर्ड संस्करण मात्र खोल्न सक्नुहुनेछ।

द रजिस्टरको हालैको रिपोर्ट अनुसार, जब टेक दिग्गज जिमेललाई यस बारे प्रश्न सोधियो, यसका प्रवक्ताले भने, “जिमेलको एचटीएमएल दृश्यले जिमेलका सबै सुविधाहरू देखाउँदैन, जसमा हिज्जे जाँचकर्ता, किबोर्ड सर्टकटहरू आदि समावेश छन्। क्रोम इन्स्पेक्टको नेटवर्कमा जिमेलको एचटीएमएल भर्सन लोड गर्दा १२०० मिलिसेकेन्ड लाग्थ्यो, जहाँ जिमेलको स्ट्यान्डर्ड संस्करणले ७०० मिलिसेकेन्ड मात्र लोड गर्यो।”

जिमेलले पुरानो संस्करण र ढिलो ब्राउजर अनुसार एचटीएमएल डिजाइन गरेको छ। हाल, पहिले भन्दा धेरै फास्ट ब्राउजरहरू इन्टरनेट प्रयोगको लागि आएका छन्, जसलाई एचटीएमएल संस्करण आवश्यक पर्दैन। यसका साथै, गुगलले धेरै वर्ष पहिले यसको लागि जिमेलको मानक संस्करण पनि लन्च गरेको थियो।

प्रकाशित: १५ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार