भियतनामको ईभी निर्माता भिनफास्ट भारतमा प्लान्ट लगाउने योजनामा

  • Technology Khabar | १३ आश्विन २०८०, शनिबार
भियतनामको ईभी निर्माता भिनफास्ट भारतमा प्लान्ट लगाउने योजनामा

काठमाडौं ।

भियतनामको इलेक्ट्रिक सवारी निर्माता कम्पनी भिनफास्ट भारतमा आफ्नो उत्पादन यूनिट सञ्चालन गर्ने योजनामा रहेको छ। भिनफास्ट ईभी कम्पनीको संसारको तेस्रो ठूलो कार निर्माता कम्पनी हो।

इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार भिनफास्टले आफ्नो प्लान्ट भारतको तमिलनाडु वा गुजरातमा स्थापना गर्न सक्छ। यद्यपि यस विषयको छलफल सुरुवाती चरणमा रहेको छ। कम्पनी भारतमा आउनका लागि लागि रणनीतिक योजना बनाइरहेको छ। यसका लागि कम्पनीले ठूलो लगानी गर्न सक्ने अपेक्षा गरिएको छ।

भिनफास्टले भारतमा आफ्नो सवारीको बिक्री एक्सपोर्ट वा नयाँ प्रोडक्सन यूनिट स्थापना गरेर गर्छ भन्ने विषयमा विस्तृत जानकारी प्राप्त भइसकेको छैन।

रिपोर्टसका अनुसार भिनफास्ट तमिलनाडु वा गुजरामा आफ्नो यूनिट स्थापना गर्न पहिलैदेखि भारत सरकारसँग विभिन्न चरणमा वार्ता गर्न खोजिरहेको छ। यसको आधारमा कम्पनीले आफ्नो यूनिटका लागि स्थान चयन गर्नेछ।

भिनफास्टले सन् २०१७ देखि ईभी उत्पादन गर्दै आइरहेको छ। गत महिना कम्पनी बजार पुँजीकरणको आधारमा विश्वको तेस्रो ठूलो इलेक्ट्रिक अटोमोबाइल कम्पनी बनेको थियो। बजार पुँजीकरणको आधारमा भिनफास्ट भन्दा अघि टोयोटा र टेस्ला छन्।

भिनफास्टले गत वर्ष भियतनामा ७ हजार ४०० यूनिट्स ईभी बिक्री गरेको थियो। यो वर्ष कम्पनीले निर्यात सहित ४० देखि ५० हजार यूनिट गाडी बिक्री गर्ने लक्ष्य राखेको छ।
भिनफास्टले गत २८ जुलाईमा नर्थ क्यारोलिना आफ्नो पहिलो अमेरिकी फ्याक्ट्री सुरु गरेको छ। कम्पनीले भियतनामको हाई फोङमा आफ्नो गाडी उत्पादन गर्ने गर्छ।

 

प्रकाशित: १३ आश्विन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार