
काठमाडौं ।
काठमाडौं, ४ चैत । सिजी तथा मेजू मोबाइल ब्राण्डले न्यूरोड क्षेत्रमा व्यवसाय गरिरहेका मोबाइलको खुद्रा व्यवसायीहरुबीच रिटेलर्स मिट गरेको छ । कम्पनीले यहि चैत २ गते रिटेलर्स गेटटुगेदर-२०१८ आयोजना गरेको हो ।
सो रिटेलर्स मिटमा सिजी मोबाइल्सको तर्फबाट नेपाली बजारमा मेजू एम ६एस(Meizu M6s) तथा मेजू प्रो सेभेन प्लस (Meizu Pro 7+) पनि आधिकारिकरुपमा सार्वजनिक गरिएको थियो ।
सो कार्यक्रममा सिजी मोबाइल तथा मेजू मोबाइलको आगामी रणनीति तथा मोबाइलहरुको बारेमा जानकारी दिईएको थियो भने अहिलको मोबाइल बजारको बारेमा व्यवसायीहरुसँग छलफल भएको थियो ।
कार्यक्रममा सिजी मोबाइल्सका व्यवस्थापन प्रमुख रमेश श्रेष्ठले नेपाली बजारमा मोबाइल व्यवसायमा तिब्र प्रतिस्पर्धा भईरहेको र मार्जिन घट्दै गईरहेको बताए । उनले आगामी दिनमा सिजी मोबाइल्सले ब्राण्ड प्रतिस्पर्धामा ध्यान दिने र त्यसको लागि नयाँ नयाँ प्रविधिहरुसहितको डिभाइल ल्याउने बताए ।
रिटेलर्स मिटमा करिब न्यूरोड क्षेत्रका करिब १ सय रिटेलरहरुको सहभागीता रहेको थियो ।
प्रकाशित: ४ चैत्र २०७४, आईतवार