सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

Technology Khabar ९ आश्विन २०८०, मंगलवार

काठमाडौं ।

सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले चितवन र बुटवलमा गर्वको साथ नयाँ शोरुमको भव्य उद्घघाटन गरेको छ।

यी शोरुमहरू आफ्ना विश्वासिलो साझेदारः लोक सुशीला मोटर प्रा. लि, कालिका चोक, बुटवल र युनाइटेड अटो कन्सर्न प्रा. लि, हाकिम चोक, भरतपुर (अष्टभुजा पेट्रोल पम्प नजिक) संगको सहकार्यमा संचालनमा ल्याएको हो।

बुटवल र चितवनका शोरुमहरुमा अत्यधिक लोकप्रिय एन–१००, ई–१००, ई–११०एल र ई–१२५ मोडलहरु सहित सेगवेका उत्पादनहरुको सम्पूर्ण रेन्ज उपलब्ध हुनेछ। यस विस्तृत विकल्पहरुको प्रदर्शनीले ग्राहकहरुलाई आफ्नो आवश्यकता अनुसार शीर्ष मोडेल छनोट गर्न सहज हुने उल्लेख गरेको छ।

सेगवेले, भव्य उद्घघाटनको उपलक्ष्यमा, चितवन र बुटवल क्षेत्रका ग्राहकहरूलाई विशेष अफरहरुको साथ शोरुम भ्रमण गर्न आमन्त्रित गरेको छ। उद्घघाटन अफर अन्तरगत यी शोरुमहरुमा सेगवे ई–स्कूटरहरुको बिशेष मूल्य तोकेको जनाएको छ।

 

 

 

 

शोरूमका आगन्तुकहरूले जानकार कर्मचारीहरूबाट विशेषज्ञ निर्देशन प्राप्त गर्दै सेगवेको लोकप्रिय इलेक्ट्रिक स्कुटरहरू, व्यक्तिगत ट्रान्सपोर्टरहरू, र अन्य मौलिक साधनहरूको टेस्ट–ड्राइभ गर्ने अवसर पाउनेछन् । विस्तृत सुविधाहरू र नवीनतम सेगवे स्कुटरहरूको पर्याप्त स्टक भण्डारणको साथ, बुटवल, चितवन र वरपरका क्षेत्रहरूमा ग्राहकहरूले सजिलैसँग आफ्नो मनपर्ने सेगवे उत्पादनहरू पाउन र खरिद गर्न सक्छन् ।

यी शोरुमहरूको संचालनसँगै आईहब प्रा.लि. ले नेपालमा दिगो र प्रभावकारी व्यक्तिगत यातायात साधनहरूलाई थप प्रवद्र्धन गर्दै सेगवेका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: ९ आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया