
काठमाडौं ।
चिनियाँ ब्राण्ड शाओमी चाँडै नै आफ्नो घरेलु बजारमा नयाँ रेड्मी नोट १३ श्रृंखला लन्च गर्ने तयारीमा छ।
नोट १३ प्रो प्लस लाईनअपको टप-इन्ड मोडलको रूपमा तय गरिएको छ। यसका रंग विकल्पहरू घोषणा हुनु अघि मात्र प्रकट गरिएकाे उल्लेख छ।
चिनियाँ टेक जायन्टले नोट १३ प्रो प्लस दुई अतिरिक्त रंग विकल्पहरूमा उपलब्ध हुने आधिकारिक रूपमा पुष्टि गरेको छ। गत हप्ता, लाइट ड्रीम स्पेस कलर अप्सन सार्वजनिक गरिएको थियो, जसमा लेदर रेयर प्यानल रहेको छ। तर बुधबार कम्पनीले रेड्मी नोट १३ प्रो प्लसको नयाँ कलर भेरियन्टहरू अफर गरेको बताइएकाे छ।
सेतो मोडललाई मिरर ह्वाइट भनिन्छ, जबकि कालो संस्करणलाई मिडनाइट ब्ल्याक भनिन्छ। दुबै मोडलहरूले ग्लजी रेयर प्यानल फिचर गर्ने बताइएको छ। यद्यपि पछाडि प्रयोग गरिएको ग्लास वा प्लास्टिक सामग्री भन्ने बारे स्पष्ट छैन। यसले स्मार्टफोनको पूर्ण डिजाइन देखाएको गीज्माेचाइनामा उल्लेख छ।
डिभाइसमा ६.६७ इन्चको ओएलईडी डिस्प्ले रहेको जसमा १.५के रिजोलुसन, १२० हर्ट्ज रिफ्रेस रेट र इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर युक्त रहेको छ। स्मार्टफोन मिडिया टेक डामेन्सीटी ७,२०० अल्ट्रा चिपसेटसंग सुसज्जित हुने तथा १ टीबी भण्डारण र १६ जीबी र्यामसंग जोडिएको छ। ठूलो ५,१२० एमएएच ब्याट्री प्याकले यस डिभाइसलाई शक्ति दिने अपेक्षा गरिएको छ, जसले १२० वाट फास्ट चार्जिङलाई समर्थन गर्नेछ।
अगाडि १६-मेगापिक्सेल सेल्फी शूटर राखिएको छ, जबकि पछाडि २००-मेगापिक्सेल ट्रिपल क्यामरा सेटअप रहेको उल्लेख छ। अन्य उल्लेखनीय सुविधाहरूमा आईपी ६८ पानी र धुलो प्रतिरोधी, ९ एमएम मोटाई, २०४ ग्राम समावेश छन्। रेड्मी नोट १३ प्रो प्लस २२ सेप्टेम्बर २०२३ मा अन्य उत्पादनहरू सहित लन्च गर्ने योजना रहेको छ।
प्रकाशित: ४ आश्विन २०८०, बिहीबार