फोर्डको रेञ्जर ट्रक प्लग–इन हाइब्रिडमा आउँदै, एक चार्जमा २८ माइलसम्मको दायरा

  • Technology Khabar | ३ आश्विन २०८०, बुधबार
फोर्डको रेञ्जर ट्रक प्लग–इन हाइब्रिडमा आउँदै, एक चार्जमा २८ माइलसम्मको दायरा

काठमाडौं ।

फोर्डले आफ्नो पहिलो प्लग–इन हाइब्रिड रेञ्जरको प्रस्तुतीको साथ तरंगहरू पैदा गरिरहेको छ। यद्यपी यस नयाँ पीएचईभी युरोपको लागि मात्र हुने उल्लेख गरिएको छ। परम्परागत फ्यूल इफिसेन्सी र इलेक्ट्रिक पावर (परम्परागत ईन्धन दक्षता र बिजुली शक्ति) को म्यास–अपको वाचा गर्दै ‘२०२५ रेञ्जर पीएचईभी’ को उत्पादनलाई यस वर्षको अन्तका लागिल निर्धारित गरिएको छ।

यद्यपी यस घोषणाले अमेरिकीहरूलाई यस इको–फ्रेन्डली भर्सन (पर्यावरण–मैत्री संस्करण) उपलब्ध नहुने संकेत दिएको छ।

रेञ्जर पीएचईभी कुनै समान्य ट्रक मात्र नभएको र यो युरोपको सबैभन्दा बढी बिक्री हुने ट्रक मोडलमा आधारित रहेको छ। २.३–लिटर प्लग–इन हाइब्रिड सिस्टम (प्रणाली) सँग सुसज्जित यस ट्रकले अहिलेसम्म उत्पादन गरिएका कुनै पनि रेञ्जरले भन्दा बढी टर्क उत्पन्न गर्ने फोर्डले दाबी गरेको छ।

सन्दर्भको लागि, हालको अवस्थित ३.०–लिटर भी६ डिजेल भर्सन (संस्करण) ले ४४३ पाउन्ड–फिट टर्क उत्पन्न गर्ने भएकाले यसले पीएचईभी वास्तवमै पावरहाउस हुन सक्छ भनेर संकेत गरेको उल्लेख छ।

माइलेजको बारेमा चासो राख्ने वा चिन्तितहरूका लागि भनेर फोर्डले एक ब्याट्री चार्जमा २८ माइलसम्मको पूर्ण विद्युतीय दायराको लक्ष्य राखेको जनाइएको छ। त्यती मात्र नभएर नयाँ रेञ्जरमा ७,७१६ पाउन्डको ब्रेक टोइङ क्षमता पनि भएको र यसमा प्रो पावर अनबोर्ड पनि फिचर गरिएको हुनाले ट्रकको कार्गो बेडमा टुल्स र एप्लाइन्सेस्लाई सिधै प्लग गर्न अनुमति दिनेछ।

यस नयाँ पीएचईभीको पछाडिको भागमा रहेको रियर–माउन्टेड चार्जिङ पोर्ट र एक अद्वितीय डिजाइन सहितको १८ इन्चको ह्विल्स बाहेक यसलाई आफ्नो स्ट्याण्डर्ड मोडलहरूसँगै राखेर हेर्दा खासै धेरै भिन्न नदेखिने उल्लेख छ।

यसलाई हाई–इण्ड वाइल्डट्र्याक ट्रिममा लन्च गर्न तय गरिएको छ भने अन्य संस्करणहरूले पनि सम्भवतः पछ्याउने जस्तो दखिएको उल्लेख छ।

प्रकाशित: ३ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार