सिट्रोनको फेस्टिभ स्किम २०८०, इ-सि३ इभीको खरिदमा निःशुल्क बीमा र सडक करको सुविधा

  • Technology Khabar | २८ भाद्र २०८०, बिहीबार
सिट्रोनको फेस्टिभ स्किम २०८०, इ-सि३ इभीको खरिदमा निःशुल्क बीमा र सडक करको सुविधा

काठमाडौं ।

नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ।

नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुको लागि २५,००० रुपैँयासम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।

भृकृटीमन्डपमा सुरू भएको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ। यो स्किम अन्तर्गत सिट्रोन सि३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पनि पाउन सक्नेछन्।

त्यस्तै गरी सिट्रोनको विद्युतिय गाडी इ सि३ खरिद गर्न चाहने ग्राहकवर्गहरुले पनि निःशुल्क बीमा र निःशुल्क सडक करको सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

यी अफरहरुको साथै ग्राहकवर्गले नाडा अटो शो भरी निशुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन्।

नाडा अटो शो शनिबारसम्म हुनेछ।

प्रकाशित: २८ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

60 cameras installed for tiger counting go missing

  • Technology Khabar
  • २८ भाद्र २०८०, बिहीबार