उत्कृष्ट ग्राहक सेवाका लागि नेपाल बैङ्कले अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने

  • Technology Khabar | २७ भाद्र २०८०, बुधबार
उत्कृष्ट ग्राहक सेवाका लागि नेपाल बैङ्कले अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने

काठमाडौं ।

नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँग सम्झौतामा हस्ताक्षर गरेको छ।

यस सम्झौताले नेपाल बैङ्कका ग्राहक वर्गका समस्या, जिज्ञासा र कठिनाइलाई तत्काल सम्बोधन गरी समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा साबित हुने बैङ्कले विश्वास लिएको छ।

यस कार्यप्रति नेपाल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले खुसी व्यक्त गर्दै कल सेन्टरले बैङ्क र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउने बताए। उनले यस कार्यले बैङ्क र ग्राहकसँगको सम्बन्धलाई समय सापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने पनि बताए।

नेपालभर २२८ शाखा, २०४ एटिएमका साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकलाई डिजिटल वित्तीय सेवा पु¥याइरहेको यो बैङ्क हाल ग्राहक सेवामा समयानुकूल आधुनिक बैंकिङ्ग प्रविधिमार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।

प्रकाशित: २७ भाद्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Amazon surges to more than $3 tn in market value for 1st time

  • Technology Khabar
  • २७ भाद्र २०८०, बुधबार