विद्युतीय मोटरसाइकलको माग बढ्यो

  • Technology Khabar | २७ भाद्र २०८०, बुधबार
विद्युतीय मोटरसाइकलको माग बढ्यो

काठमाडौं ।

सरकारले विद्युतीय मोटरसाइकलको दर्ता खुला गरेपछि झन्डै शतप्रतिशतले माग बढेको छ। गएको जेठसम्म काठमाडौँमा १४० वटा विद्युतीय मोटरसाइकल बिक्री भएका थिए भने भदौ २० गतेसम्म ३५० वटा बिक्री भएका छन्।

सुन्दर अटो इन्जिनियरिङले मात्रै १५० वटा ‘गन्तव्य इभी १०० एस’ मोटरसाइकल बिक्री गरेको छ। गन्तव्यलाई ८४२ जनाले अर्डर गरेको इन्जिनियरिङका सञ्चालक भेषबहादुर थापाले जानकारी दिए।

ब्यार्टीको ल्याब, मोटर र चार्जर बिग्रियो भने काठमाडौँमै बनाउन सकिने थापाको भनाइ छ, “विद्युतीय सवारी वातावरणका साथै सबै हिसाबले नेपालीका लागि ठिक छ।”

विद्युतीय मोटरसाइकल ‘यात्री’ उत्पादन गरिरहेको यात्री डिजाइन स्टुडियोले पनि पुनः उत्पादन सुरु गर्दै छ। जेठअघि ८५ ओटा बिक्री गरेको स्टुडियोले अर्डर खुला गरेर उत्पादन गर्ने अन्तिम तयारीमा रहेको स्टुडियोका इलेक्ट्रिक टेक्नोलोजी डाइरेक्टर कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए।

भारतीय कम्पनी ‘ओला क्याब्स’ ले नेपालमा विद्युतीय मोटरसाइकल र कार निर्माण गर्ने जनाए पनि हालसम्म उत्पादन भने गरिसकेको छैन्।

यातायात व्यवस्था विभागले वैशाख १४ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गरेर विद्युतीय मोटरसाइकल दर्ता गर्न पाउने व्यवस्था गरेको थियो। गोरखापत्रबाट

प्रकाशित: २७ भाद्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Amazon surges to more than $3 tn in market value for 1st time

  • Technology Khabar
  • २७ भाद्र २०८०, बुधबार