शाओमी ईभीको परीक्षण उत्पादन सुरु

  • Technology Khabar | २३ भाद्र २०८०, शनिबार
शाओमी ईभीको परीक्षण उत्पादन सुरु

काठमाडौं ।

टेक जायन्टहरू इलेक्ट्रिक भेहिकलको बजार दाबी गर्ने दौडमा रहेको बेलामा शाओमी पनि आफ्नै कारको साथमा पहिलो बन्न इच्छुक भएको देखिएको छ। स्थानीय मिडियाहरुका अनुसार चिनियाँ स्मार्टफोन मुगलले आफ्नो पहिलो ईभीको परीक्षण उत्पादन सुरु गरेको जनाइएको छ।

इभी परीक्षण उत्पादन सुरु गरिएको एक महिना भन्दा बढीको भइसकेको थप उल्लेख छ। कम्पनीले प्रति हप्ता करिब ५० ओटा कारहरू निर्माण गर्नुका साथै सडक परीक्षणका लागि आवश्यक पर्ने सबै प्रोटोटाइपहरू उपलब्ध गराउँदै निर्माण प्रक्रियामा विशेष ध्यान पुर्याई  रहेको जनाइएको छ।

नेश्नल डेभलपमेन्ट एण्ड रिफर्म कमिशन (एनडीआरसी) को हालैको ग्रीन सिग्नलले शाओमीका ईभीहरु बिक्रीको लागि लगभग तयार भएको भनेर बुझ्न सकिन्छ। यद्यपी चीनको मिनिस्ट्रि अफ इन्डस्ट्रि एण्ड इन्फर्मेसन टेक्नोलोजी (एमआईआईटी) लाई अन्तिम बाधाको रुपमा प्रत्येक इकाई मोडलले पार गर्नुपर्ने आवश्यक रहेको छ। त्यसपछि भने उत्पादन वृद्धि गर्ने र आफ्नो कार कहिले लन्च गर्ने भन्ने निर्णय शाओमीमा निर्भर हुने जनाइएको छ।

शाओमीले यस वर्षको दोस्रो त्रैमासिकमा मात्रै आफ्नो ईभी व्यवसायको लागि भनेर १.४ बिलियन युआन (१७८ मिलियन यूरो) लगानी गरेको र कम्पनीले आफ्नो नयाँ अटोमोटिभ आर्मको पहिलो १० वर्षको लागि कुल ९ बिलियन यूरो छुट्याएको छ।

शाओमीको पहिलो ईभीले आफ्नो गर्मी र जाडोको परीक्षणहरु पार गरिसकेको र स्पष्ट रूपमा सबै चीजहरू राम्रो देखिएको बताईएको छ। शाओमीका अध्यक्ष लु वेइबिङले सन् २०२४ को पहिलो भाग सम्ममा आफ्नो पहिलो ईभी मोडलको मास–प्रोड्युस (ठूलो मात्रामा उत्पादन) गर्ने कम्पनीको महत्वाकांक्षाको बारेमा बताएको उल्लेख छ।

प्रकाशित: २३ भाद्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...