बीवाइडीको नयाँ इभी नाडा अटो शोमा लन्च हुँदै, “स्पट द डल्फिन अन द रोड” क्याम्पेन गर्दै

  • Technology Khabar | २२ भाद्र २०८०, शुक्रबार
बीवाइडीको नयाँ इभी नाडा अटो शोमा लन्च हुँदै, “स्पट द डल्फिन अन द रोड” क्याम्पेन गर्दै

काठमाडौं ।

बीवाइडीले नेपाली बजारमा नयाँ “स्पट द डल्फिन अन द रोड (Spot the Dolphin on the Road)” क्याम्पेनको घोषणा गरेको छ।

नेपालमा बीवाइडी अटो उद्योग कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले “डल्फिन अन द रोड” क्याम्पेनको घोषणा गरेको हो।क्याम्पेन सेप्टेम्बर ६-११ सम्म तय गरिएको छ।

बीवाइडी डल्फिन सेप्टेम्बर १२ मा नाडा अटो शो २०२३ मा लन्च हुँदैछ। बीवाईडी डल्फिनलाई स्टाईलस डिजाइनमा बेरेर काठमाडौंको सडकमा कुदिरहेको हुने कम्पनीले जानकारी दिएको छ।

रोडमा बीवाइडी डल्फिन भेटाई, यसको भिडियो बनाएर फेसबुक इन्स्टाग्राम र टिकटकमा सार्वजनिकरुपमा पोष्ट गर्नुपर्नेछ। जसको आधारमा तीनजना बिजेताले रु.१ लाख जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार