मेगा केवल नेटको लाइसेन्स खारेजी

  • Technology Khabar | २१ भाद्र २०८०, बिहीबार
मेगा केवल नेटको लाइसेन्स खारेजी

काठमाडौं ।

मेगा केवल नेट प्रालिको लाइसेन्स खारेजी भएको छ। मेगा केवल नेटले लाइसेन्स खारेजीका लागि निवेदन पेश गरेको र लाइसेन्सको म्याथ थप गर्न अनुरोध नगरेकाले स्वतः खारेजीमा परेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

काठमाडौं महानगरपालिका १६ बालाजु अवस्थित कम्पनीको अनुमतिपत्र नं. फिज १.१३१० दूरसञ्चार ऐन, २०५३ को दफा२५(५) बमोजिम २०७९ फागुन १० गतेदेखि स्वतः खारेजी भएको हो।

मेगा केवल नेट प्रालिले इन्टरनेट (ईमेल सहित) सेवा प्रदान गर्दै आइरहेको थियो।

प्राधिकरणले भदौ १७ गते प्रकाशित गरेको सूचना अनुसार कम्पनीले नियमानुआसर तिर्न/बुझाउन पर्ने रकम तथा विवरण ३० दिन भित्रमा फरफारक गर्न आग्रह गरेको छ। सो अवधि भित्रमा कम्पनीले बुझाउनु पर्ने विवरण र रकम भुक्तानी नगरे कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ।

प्रकाशित: २१ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार