
काठमाडौं ।
मिनीले २०२५ कूपर ई र कूपर एसई कम्प्याक्ट इलेक्ट्रिक ह्याचब्याक मोडलहरू अनावरण गरेको छ। उक्त दुई नयाँ मिनी कूपर मोडलहरूको धेरै ओटा अनुमानहरूका साथै लीक्स आएको केही समय पश्चात रिलीज भएको उल्लेख छ। कूपर ई र कूपर एसई आफ्नो रेञ्ज र सब्टेन्सियल डिजाइन चेन्जेस (दायरा र पर्याप्त डिजाइन परिवर्तनहरू) मा सुधारहरूका साथ आएको उल्लेख छ। थ्री–डोर कूपरले इन्टेरियर र एक्सटेरियर (भित्री र बाहिरी) दुवैमा आफ्नो क्लासिक मिनीको स्टाइल कायम राखेको जनाइएको छ।
मिनी २०२५ कूपर लाईनअपमा इन्जिनियरिङले ग्रेटर ड्राइभिङ पर्फमेन्स, रेञ्ज (दायरा) र इन्टेरियर स्पेस (भित्री ठाउँ) मा परिवर्तन गरेको जनाइएको छ। मिनी कूपर रिभ्याम्प दुई फ्रन्ट–ह्वील–ड्राइभ भर्सनहरूमा आउने र एडब्ल्यूडी भर्सन पनि पछि गएर मिक्समा थपिन सकिने उल्लेख गरिएको छ। कूपर ई ४०.७ केडब्ल्यूएच किलोवाटआवर ब्याट्री र अधिकतम २९०एनएम टर्क सहितको सिङ्गल (एकल) १८४एचपी इलेक्ट्रिक मोटरको साथ आउने जनाइएको छ। साथै यसमा कूपर एसईको ४०२ किलोमिटर दायराको तुलनामा ३०५ किलोमिटरको डब्ल्यूएलटीपी दायरा रहेको उल्लेख छ।
कूपर एसईमा अधिकतम ५४.२ केडब्ल्यूएच (किलोवाटआवर) ब्याट्री र ३३० एनएमको म्याक्सिमम् टर्क सहितको २१८ एचपी मोटर रहेको जनाइएको छ। कूपर ई र कूपर एसईले क्रमशः ७५ केडब्ल्यूएच (किलोवाटआवर) र ९५ केडब्ल्यूएच (किलोवाटआवर) चार्ज गर्न सक्ने उल्लेख छ। यसले लगभग ३० मिनेटमा ८० प्रतिशत सम्म चार्ज गर्ने थप उल्लेख गरिएको छ।
कूपर ई र एसई को दुबै मोडलहरू १६ वा १८–इन्च रिमहरूमा उपलब्ध हुने उल्लेख गरिएको छ। कूपर ई ७.३ सेकेन्डमा ०–१०० किलोमिटर प्रति घण्टाको गतिमा जान्छ भने एसईले ६.७ सेकेन्डमा सो गति हासिल गर्ने जनाइएको छ। साथै दुबै मोडलहरूले आफ्नो लो सेन्टर अफ ग्य्राभिटी (कम गुरुत्वाकर्षण केन्द्र), रिभाइज्ड सस्पेन्सन र वृद्धी गरिएको ट्र्याक चौडाइको साथ टिपिकल मिनी कूपरको ड्राइभिङ अनुभव कायम राखेको थप उल्लेख छ।
नयाँ मोडलहरू क्लिनर, एससीआई–एफई र न्यूनतम डिजाइनका साथ आएको जनाइएको छ। त्यस्का साथै एन्हान्स्ड इफिसेन्सीका लागि बडिमा केही एरोडायनामिक ट्वीकहरू पनि गरिएको छन्। मिनी २०२५ कूपर ई÷एसई कम्प्याक्ट ह्याचब्याकहरूको मूल्य निर्धारण र सटीक रिलीज विवरणहरू यस समयमा स्पष्ट नभएको उल्लेख छ।
प्रकाशित: २० भाद्र २०८०, बुधबार