बाइदूको जेनेरेटिभ एआई सेवा ‘एर्नी’ बोटको अत्याधिक डाउनलोडका साथ चीनमा उत्कृष्ट शुरुवात

Technology Khabar २१ भाद्र २०८०, बिहीबार

काठमाडौं ।

बाइदूको जेनेरेटिभ एआई सेवा ‘एर्नीबोट’ले अत्याधिक ध्यान तान्दै र डाउनलोडहरू प्राप्त गर्दै चीनमा उत्कृष्टरुपमा शुरुवात गरेको छ।

एप्पलको चिनियाँ आईओएस स्टोरमा ३ लाख १३ हजार ६ सय डाउनलोडहरू तथा यसको सुरुवातको पहिलो दिनमा विभिन्न एन्ड्रोइड एप स्टोरहरूमा २.४ मिलियन डाउनलोडहरू सहित एर्नीबोटको सार्वजनिक डेब्यूले अत्यधिक प्रतिक्रिया प्राप्त गरेको छ।

प्रयोगकर्ताहरूले उक्त एआई सेवाको क्षमताहरू परीक्षण गर्नका लागि भीड लागेको छ जसको परिणाम स्वरूप पहिलो २४ घण्टा भित्र आश्चर्यजनक ३३ मिलियन प्रश्नहरूको बाढी लागेको गिज्माेचाइनामा उल्लेख छ।

चिनियाँ सरकारले हालै टेक्नोलोजीलाई नियमन गर्ने प्रयासको रूपमा एर्नीबोट लगायत धेरै जेनेरेटिभ एआई सेवाहरूमा लगाइएको प्रतिबन्ध हटाएको थियो। अन्य एप्रुभ्ड सेवाहरूमा एआई विशेषज्ञ सेन्स टाइम, बाइछुआन, सोगौस वाङ्ग सिचुआनद्वारा स्थापना गरिएको, र स्टेट -ब्याक्ड जीपू एआई  समावेश रहेको बताइएको छ।

एर्नीबोटको तत्काल लोकप्रियता प्राप्त गर्दैगर्दा, यसले विशिष्ट प्रश्नहरूको जवाफ दिन कठिनाइहरूको सामना गरेको तथा कहिलेकाहीं प्रयोगकर्ताहरूलाई असन्तुष्ट बनाउने जवाफहरू प्रदान गरेको उल्लेख छ ।

एआई च्याटबोटसँग कुराकानीको स्क्रिनसटले यसले प्रतिक्रिया दिन असफल भएको वा पक्षपाती जवाफहरू डेलिभर गरेको उदाहरणहरू प्रकट गरेको छ।

प्रयोगकर्ताहरूले बाईदू, अलिबाबा ग्रुप  होल्डिङ्ग, र टेन्सेन्ट होल्डिङ्गसको संस्थापकहरू मध्ये कसलाई “पूँजीवादी” मान्न सकिन्छ भनेर सोधेको प्रश्न एक उदाहरण थियो। एर्नी बोटले विशेष गरी सबै तीन टेक जायन्टहरूको समान व्यापार अभ्यासहरूका बिचमा अलिबाबा र टेन्सेन्टका संस्थापकहरूलाई औंल्याएको तर बाइदूका संस्थापक रोबिन लीलाई स्पष्ट रूपमा बाहिर राखेको उल्लेख छ।

अर्को परीक्षणमा, एर्नी बोटले एउटै प्रश्नको जवाफ स्पष्टरूपमा “हो” वा “होइन” को साथ दिन निर्देशन दिएपनि तीन व्यवसायीहरूको लामो विकिपिडिया-स्टाइल प्रोफाइल क्रिएट गर्दै डाइरेक्ट रेस्पन्सलाई रोक्दै जवाफ दिन संघर्ष गरेको बताइएको छ।

प्रकाशित: २१ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया