
काठमाडौं ।
सोनी एक्सपेरिया ५ भी अन्ततः लन्च भएको छ। यो डिभाइस कम्पनीको सबैभन्दा नयाँ फ्ल्यागशिप–ग्रेड स्मार्टफोन भएको र यसमा टप–नोच स्पेक्स र फिचर्स समावेश रहेको र कम्प्याक्ट फर्म फ्याक्टर प्रदान गर्ने जनाइएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
सोनी एक्सपेरिया ५ भीः डिजाइन र डिस्प्ले
जापानी टेक जायन्टले भर्खरै सन् २०२३ को लागि आफ्नो दोस्रो फ्ल्यागशिप स्मार्टफोन अनावरण गरेको छ। यस वर्षको सुरुवातमा एक्सपेरिया १ भी आएको थियो भने अब एक्सपेरिया ५ भी मोडल पनि आएको उल्लेख छ। यस कम्प्याक्ट स्मार्टफोन १५४एक्स६८एक्स८.६ एमएम मापन गर्ने र यसको तौल १८० ग्राम भन्दा कम भएको उल्लेख छ।
यो नयाँ फोनको तौल ११ ग्रामले बढेको र आफ्नो पूर्ववर्ती भन्दा थोरै मोटो (२एमएम) भएको उल्लेख छ। त्यसैगरी फोनको पछाडिको भागमा एक ग्लास प्यानल पनि राखिएको उल्लेख छ। फोनको अगाडिको भागमा ६.१ इन्चको ओएलईडी डिस्प्ले रहेको र सो डिस्प्लेमा एफएचडी+(प्लस) रिजोलुसन, २१ः९ एस्पेक्ट रेसियो र १२० हर्ज रिफ्रेस रेट रहेको छ। साथै सो प्यानलले एचडीआरलाई पनि समर्थन गर्ने जनाइएको छ। यद्यपी यसमा एलटीपीओ प्यानल फिचर नगरिएको र केवल १२० हर्ज वा ६० हर्ज रिफ्रेस रेटहरू मात्र समर्थन गर्ने उल्लेख छ।
सोनी एक्सपेरिया ५ भीः स्पेक्स र क्यामरा
हुड अन्तर्गत, डिभाइसमा पावरफुल क्वालकम स्न्यापड्रागन ८ जेन २ एसओसी समावेश गरिनुका साथै ८जीबी र्याम र १२८जीबी स्टोरेज पनि रहेको र त्यसलाई माइक्रोएसडी कार्ड स्लट मार्फत थप विस्तार गर्न सकिने जनाइएको छ। त्यस्को साथै डिभाइसमा ठूलो ५,००० एमएएच ब्याट्री प्याक समावेश गरिएको र यसले ३०वाट वायर्ड (तारयुक्त) फास्ट चार्जिङ्ग र १८वाट वायरलेस फास्ट चार्जिङ्ग स्पिडलाई समर्थन गर्ने उल्लेख छ। त्यसैगरी डिभाइस्मा आईपी६८ वाटर एण्ड डस्ट रेसिस्टेन्स (पानी र धुलो प्रतिरोध), अगाडि र पछाडि कोर्निङको गोरिल्ला ग्लास भिक्टस २, एलडीएसी र हाई–रेस अडियो सपोर्ट, फुल–स्टेज स्टेरियो स्पिकर्स र एन्ड्रोइड १३ ओएस जस्ता अन्य नोटेबल फिचर्सहरू समावेश रहेका छन्।
अप्टिक्स तर्फ भने एक्सपेरिया ५ भी मा पनि एक्सपेरिया १ भी को जस्तै प्राइमरी सेन्सर रहेको जनाइएको छ। त्यसैले खरिदकर्ताहरूले १/१.३५–इन्च अप्टिकल फम्र्याट, २४ एमएम बराबरको फोकल लेन्थ, ओआईएस (अप्टिकल ईमेज स्टेबलाइजेसना) र अटोफोकस सपोर्ट भएको ४८-मेगापिक्सेल सेन्सर फेला पार्ने उल्लेख गरिएको छ । त्यस्का साथै प्राइमरी क्यामरा ५२-मेगापिक्सेल एक्समोर टी मेन सेन्सर भएको र यसमा प्रभावकारी ४८-मेगापिक्सेल रिजोल्युसन रहेको जनाइएको छ। पूर्वनिर्धारित रूपमा, क्यामराले १२–मेगापिक्सेल २४एमएम शटहरू खिच्नेछ।
प्राइमरी सेन्सरले २ह अप्टिकल जूम पनि प्रदान गर्न सक्ने भनी सोनीले दाबी गरेको छ। यो क्यामरालाई १६ एमएम फोकल लेन्थ भएको १२–मेगापिक्सेल अल्ट्रा वाइड एंगल लेन्ससँग पेयर्ड गरिएको जनाइएको छ। त्यसैगरी यस डिभाइसमा रहेको सेन्सर गत वर्षको एक्सपेरिया ५ आईभी मा प्रयोग गरिएको उही सेन्सर जस्तो देखिएको हुनाले यसले डुअल–पिक्सेल अटोफोकस पनि प्रदान गर्ने जनाइएको छ। त्यस्का साथै डिभाइसको अगाडि पनि एक्सपेरिया १ भी को १२-मेगापिक्सेल सेल्फी शूटर राखिएको उल्लेख छ।
सोनी एक्सपेरिया ५ भीः मूल्य निर्धारण र उपलब्धता
सोनीले एक्सपेरिया ५ भी कम्प्याक्ट फ्ल्यागशिप फोन तीन कलर अप्सन्स (रङ्ग विकल्पहरू)मा घोषणा गरेको छ। सो कलर अप्सन्सहरुमा ब्ल्याक, ब्लू र प्लेटिनम सिल्भर भेरियन्टहरू समावेश रहेका छन्। यस डिभाइसको सही रिलीज मितिमा अझै स्पष्टतम नभएको तर डिभाइस सम्भवतः सेप्टेम्बर २०२३ बाट उपलब्ध हुने जनाइएको छ। साथै यस डिभाइसको मूल्य ९९९ यूरो हुने उल्लेख छ।
प्रकाशित: १९ भाद्र २०८०, मंगलवार