शाओमीले वर्षमा १ लाख ५० हजार इभी उत्पादन गर्ने कारखाना बनाउँदै

  • Technology Khabar | २१ भाद्र २०८०, बिहीबार
शाओमीले वर्षमा १ लाख ५० हजार इभी उत्पादन गर्ने कारखाना बनाउँदै

काठमाडौं ।

चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो नयाँ इभी लन्च गर्ने योजनामा रहेको छ। कम्पनीले निकै लामो समयदेखि सो इभीको परीक्षण गरिरहेको छ।

अब १ लाख ५० हजार सवारी साधन वार्षिक क्षमताको साथ शाओमीको कार कारखाना ठूलो उत्पादनको लागि चरण १ ट्र्याकमा प्रवेश गरेको छ।

फर्स्ट फाइनान्सियल डेलीको रिपोर्टअनुसार, शाओमीको इभी कार कारखाना निर्माणलाई दुई चरणमा विभाजन गरिएकोमा फेज एकमा, ७ लाख २० हजार वर्ग मिटर फैलिएको, तथा अप्रिल २०२२ मा सुरु भएर जुन २०२३ सम्ममा तयार हुने तय गरिएको बताइएको छ।

त्यस्तै, दोस्रो चरण २०२४-२०२५ को लागि निर्धारित छ। यस फ्यासिलिटीमा चारओटा भवन तथा आधुनिक परीक्षण सुविधा हुनेछ, जसमा वार्षिक १,५०,००० सवारी साधन उत्पादन हुने लक्ष्य राखिएको उल्लेख छ।

कारखानाले जुन १२ मा निरीक्षण पास गरेको छ। शाओमी कार विभिन्न मौसमी परिस्थितिहरूमा धेरै पटक परीक्षणको क्रममा देखिएको छ।

शाओमीका सीईओ लेइ जुन, विश्वका शीर्ष पाँच कार निर्माताहरू मध्ये एक बन्ने आफ्नो लक्ष्यसँग तालमेल गर्दै, २०२४ को शुरुवातमा उनीहरूका कारहरू पूर्ण उत्पादनमा प्रवेश गर्ने कुरामा विश्वस्त रहेका बताइएको छ।

शाओमीको २०२३ दोस्रो त्रैमासमा वित्तीय नतिजा ६७. ४ बिलियन युआन (९.४ बिलियन अमेरिकी डलर ) को त्रैमासिक राजस्व र अघिल्लो त्रैमासिकको तुलनामा १३ प्रतिशत वृद्धिका साथ सकारात्मक दृष्टिकोण प्रतिबिम्बित गर्छ।

कम्पनीको लगानी, विशेष गरी विद्युतीय सवारीसाधन जस्ता क्षेत्रमा पनि वृद्धि भएको छ। २०२४ मा १ लाख  ईभीहरू रोल आउट गर्ने योजनासहित १.४ बिलियन युआन (१९६ मिलियन अमेरिकी डलर ) पुगेको बताइएको छ।

शाओमी समूहका अध्यक्ष लु वेइबिङले अटोमोटिभ क्षेत्र प्रति कम्पनीको समर्पणलाई प्रकाश पार्दै व्यापक अनुसन्धान र विकासका लागि लगानी बढाउने उद्देश्यलाई रेखांकित गरेका छन्।

शाओमीले शीर्ष पाँच ग्लोवल कार निर्माताहरू मध्ये एक स्थान सुरक्षित गर्ने लक्ष्य राखेको तथा आफ्नै कार कारखानाहरू स्थापना गर्न प्रतिबद्ध रहेको उल्लेख छ।

प्रकाशित: २१ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार