काठमाडौं ।
मोटोरोलाले भर्खरै सेप्टेम्बर ५ मा चीनमा मोटो जी५४ घोषणा गर्ने पुष्टि गरेको छ। गत हप्ता देखा परेका फोनको लीक रेन्डरहरूले यसको डिजाइन र रङ्ग भेरियन्टहरू पस्तुत गरेको थियो। एपुल्सको नयाँ रिपोर्टले आधिकारिक घोषणा अघि नै फोनको सबै प्रमुख स्पेसिफिकेसन्स्को बारेमा खुलासा गरेको छ।
मोटो जी५४ ५जी स्पेसिफिकेसन्स
रिपोर्टकाअनुसार मोटो जी५४ ५जी मा पंच–होल डिजाइन सहितको ६.५ इन्चको आईपीएस एलसीडी प्यानल रहेको छ। यसले १०८०x२४०० पिक्सेलको एफएचडी प्लस रिजोलुसन, २०ः९ एस्पेक्ट रेसियो र १२० हर्ज रिफ्रेस रेट प्रदान गर्नेछ।
यो फोन डाइमेन्सिटी ७०२० चिपद्वारा संचालित हुनेछ उल्लेख गरिएको छ।सो चिप यस महिनाको सुरुमा चीनमा डेब्यु भएको भिभो वाई७७टी मा पनि समावेश गरिएको थियो।
मोटो जी५४ ५जी ८ जीबी र्याम प्लस १२८ जीबी स्टोरेज र १२ जीबी र्याम प्लस २५६ जीबी स्टोरेज गरी दुई कन्फिगरेसनहरूमा आउने उल्लेख छ। साथै डिभाइसमा ६,०००एमएएच ब्याट्री प्याक रहनेछ भने यसले ३० वाटको फास्ट चार्जिङ्गलाई समर्थन गर्ने जनाइएको छ। त्यसैगरी यो माईयूएक्समाआधारित एन्ड्रोइड १३ सँग प्रिलोडेड भएर आउने अपेक्षा गरिएको छ।
मोटो जी५४ फाइभजी १६ मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामराले सुसज्जित हुने जनाइएको छ। जी५४ को पछाडि भने ओआईएस समर्थनको साथ ५०मेगापिक्सेलको मुख्य क्यामरा र ११८ डिग्री एफओभी सहितको ८ मेगापिक्सेल अल्ट्रा–वाइड लेन्स फिचर गरिने उल्लेख छ।
मुख्य स्न्यापरले ३० एफपीएस (फ्रेम पर सेकेण्ड) र ६० पीएसमा फुल एचडी भिडियोहरू रेकर्ड गर्न सक्षम हुने छ भने अल्ट्रा–वाइड र सेल्फी स्न्यापरले ३० एफपीएस (फ्रेम पर सेकेण्ड) मा फुल एचडी भिडियो रेकर्डिङलाई समर्थन गर्ने जनाइएको छ।
यसले माइक्रोएसडी कार्ड, फाइभजी, ५ गीगाहर्ज (जीएचजेड) वाईफाई, ब्लुटुथ ५.३, जीपीएस, यूएसबी–सी पोर्ट, साइड–फेसिङ फिंगरप्रिन्ट स्क्यानर र ३.५ एएमएम अडियो ज्याकका लागि समर्थन सहित हाइब्रिड डुअल सिम स्लट जस्ता अन्य सुविधाहरू प्रदान गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
प्रकाशित: १२ भाद्र २०८०, मंगलवार