गिलीको नयाँ इलेक्ट्रिक मिनी कार ‘पान्डा नाइट’ अनावरण, २०० किमी किलोमिटरको दायरा

  • Technology Khabar | १२ भाद्र २०८०, मंगलवार
गिलीको नयाँ इलेक्ट्रिक मिनी कार ‘पान्डा नाइट’ अनावरण, २०० किमी किलोमिटरको दायरा

काठमाडौं ।

चिनियाँ अटोमेकर गिलीले आधिकारिक रूपमा २०० किलोमिटरसम्मको रेञ्ज रहेको नयाँ इलेक्ट्रिक मिनी भेहिकल ‘पाण्डा नाइट’ सार्वजनिक गरेको छ।

कम्पनीले जियोमेट्री ई फायरफ्लाई पश्चात पाण्डा नाइटलाई किफायती मूल्यको साथ प्रस्तुत गरेको छ। पेट्रोलबाट चल्ने पुरानो पाण्डाको तुलनामा यस नयाँ इलेक्ट्रिक भेहिकलमा थप एग्रेसिभ डिजाइन, नयाँ एलईडी हेडलाइटस् र टेललाइटस्का साथै नयाँ ह्वील्स र नयाँ फ्रन्ट फेसिया जस्ता अपडेटहरू समावेश गरिएका छन्।

त्यसैगरी यो भेहिकल थप आधुनिक डिजाइन र ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली सहितको रिभ्याम्पड (सुधारिएको) इन्टेरियरका साथ आएको उल्लेख छ।

पाण्डा नाइटमा समावेश गरिएको सिङ्गल इलेक्ट्रिक मोटरले ७० हर्सपावर र १३५ एनएम टर्क उत्पादन गर्ने जनाइएको छ। उक्त मोटर ३८.७ केडब्ल्यूएच ब्याट्री प्याकद्वारा संचालित हुने र यसले एक पटकको सिङ्गल चार्जमा २०० किलोमिटरसम्मको दायरा प्रदान गर्ने उल्लेख गरिएको छ।

पाण्डा नाइट “स्ट्याण्डर्ड” र “लक्जरी” गरी दुई ट्रिम लेभल्समा उपलब्ध हुनेछ। स्ट्याण्डर्ड ट्रिम लेभलको मूल्य ६९,८०० युआन (१०,०००अमेरिकी डलर) रहेको छ भने लक्जरी ट्रिम लेभलको मूल्य ७९,८०० युआन (११,००० अमेरिकी डलर) भएको उल्लेख छ।

गिली पाण्डा नाइट नयाँ मिनी इलेक्ट्रिक भेहिकल भएकाले चीनका साथै अन्य बजारहरूमा यो नयाँ इभी सफल हुने सम्भावना रहेको जनाइएको छ। त्यसैगरी सस्तो मूल्यमा स्टाइलिश, किफायती र राम्रो दायरा भएकोले यो भेहिकल उपभोक्ताहरूका लागि आकर्षक विकल्प बन्ने थप उल्लेख गरिएको छ।

प्रकाशित: १२ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...