किया इभी ९ का विशेषताहरु सार्वजनिक

  • Technology Khabar | १२ भाद्र २०८०, मंगलवार
किया इभी ९ का विशेषताहरु सार्वजनिक

काठमाडौं ।

कोरियाली अटोमेकर कियाको किया इभी ९ का विशेषताहरु सार्वजनिक भएका छन्।

फेमीली -फ्रेन्ड्ली इलेक्ट्रिक एसयूभी किया इभी ९ ले पछिल्लो वर्षको डेब्यूसँगै, अमेरिकी इलेक्ट्रिक एसयूभीले बजारमा तरंगहरू ल्याउने तयारी गरेको बताइएको छ। यसले आकार र उपयोगिताको नयाँ मिश्रण प्रदान गर्ने उल्लेख छ।

लगभग १९७ इन्च लामो, इभी ९ ले कियाको ग्यास-गजलिंग टेलुराइडको डायमेनसेसनहरू प्रतिबिम्बित गर्नेछ। लाइट आरडब्ल्यूडीदेखि जीटी-लाइन एडब्ल्यूडीसम्म, प्रत्येक ट्रिमले बजारको फरक स्लाइसलाई पूरा गर्ने, जसले प्रयोगकर्तालाई आफूलाई उपयुक्त हुने छनोट गर्ने क्षमता प्रदान गर्ने उल्लेख छ।

इन्ट्री-लेबल इभी ९ लाइट आरडब्ल्यूडीबाट सुरु गर्दै, ७६.१ किलोवाट प्रति घण्टा ब्याट्री प्राप्त गर्ने बताइएको छ। यसले २२३ माइलको दायरा तथा २१५ हर्सपावर प्रदान गर्ने उल्लेख छ।

बेस लेबलमा पनि, इभी ९ ले सुविधालाई कम नगर्ने तथा वायरलेस फोन चार्जिङ, ८-वे पावर-एड्जस्टेबल हिटेड तथा भेन्टिलेटेड अगाडि सिटहरू र एलईडी प्रोजेक्सन लाइनहरू मानक प्रस्तुत गर्ने बताइएको छ।

आवश्यकताअनुसार, लाइट लङ रेन्ज आरडब्ल्यूडीले ९९.८ किलोवाट प्रति घण्टा ब्याट्रीले, ३०० माइल दायरासम्म विस्तार गर्ने बताइएको छ। कम्पनिले इभी ९ को मुल्य भने खुलाएको छैन।

यद्यपि, ब्याट्री साइज, पावर र सुविधाहरूमा यो स्तरको विविधताको साथ, किया फराकिलो बजार खण्डमा पुग्न चाहने देखिएको उल्लेख छ।

प्रकाशित: १२ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार