मोटोरोलाको नयाँ फोन मोड्युलले ‘टु वे’ स्याटेलाइट कलिङ र टेक्स्ट मेसेजिङ समर्थन गर्ने

  • Technology Khabar | १० भाद्र २०८०, आईतवार

काठमाडौं ।

स्याटेलाइट कनेक्टिभिटी आधुनिक स्मार्टफोनहरूमा नयाँ हट फिचर भएको उल्लेख गरिएको छ। अहिलेसम्ममा एप्पल र ह्वावेसँग मात्र यस प्रकारको कनेक्टिभिटी भएका मेनस्ट्रिम फोनहरू रहेको छन्। मोटोरोलासँग स्याटेलाइट कम्युनिकेसन सपोर्टको साथ निस–फोक्स्ड डिफाई २ रहेको उल्लेख गरिएको छ।

लेनोभो स्वामित्वको कम्पनीले एक स्याटेलाइट–इनएबल्ड मेसेन्जर – डिफाई लिङ्क पनि प्रदान गर्ने जनाइउको छ। अब, कम्पनीले टु–वे (दुईतर्फी) स्याटेलाइट कलिङ र टेक्स्ट मेसेजिङको लागि समर्थन सहितको नयाँ फोन मोड्युल ल्याउने तयारी गरिरहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

मोटोरोलाले शनिबार टिआन्टोङ स्याटेलाइट फोन मोड्युल रिलिज गरेको छ। सो मोड्युलले टु–वे (दुईतर्फी) स्याटेलाइट फोन कल र टेक्स्ट मेसेजिङलाई समर्थन गर्ने जनाइएको छ। साथै प्रयोगकर्ताहरूले एक सिङ्गल क्लिकमा आफ्नो फोन प्रयोग गरेर स्याटेलाइट फोन कल गर्न सक्षम हुने उल्लेख गरिएको छ।

स्याटेलाइट कनेक्टिभिटी टियान्टोङ–१ लाई चीनको स्पेस बेस्ड इन्फर्मेसन इन्फ्रास्ट्रकचर (अन्तरिक्षमा आधारित सूचना पूर्वाधार) र इन्मरस्याट नेटवर्कमा प्रदान गरिनेछ।

ह्वावेको मेट ६० सिरिजले पनि आफ्नो संचार सुविधाको लागि सोही स्याटेलाइट नेटवर्क प्रयोग गर्ने उल्लेख गरिएको छ।

मोटोरोलाको यो एक्सेसरीज अहिले चीनमा मात्र अनावरण गरिएको जनाइएको छ। यद्यपी कम्पनीले आगामी मोड्युलसँग कुन स्मार्टफोन जोडिनेछ वा यो धेरै मोटोरोला फोनहरूको लागि डिजाइन गरिनेछ भनेर खुलासा नगरेनको उल्लेख छ। साथै मूल्य निर्धारण विवरणहरू पनि यस समयमा नखुलाइएको उल्लेख गरिएको छ।

मोटोरोलासँग फुल फ्लेज्ड–स्याटेलाइट कनेक्टिभिटी–सपोर्टेड रग्ड स्मार्टफोन पनि रहेका र यसलाई डिफाई २ डब गरिएको उल्लेख छ। बुलिट सँगको सहकार्यमा विकसित सो उपकरणले टु–वे (दुई–तर्फी) स्याटेलाइट कनेक्टिभिटीलाई समर्थन गर्नेछ। टेक्स्ट पठाउने र २४×७ एसओएस असिस्टेन्ट बाहेक प्रयोगकर्ताहरूले आफ्नो स्थान र चेक–इनहरू पनि साझा गर्न सक्ने उल्लेख गरिएको छ।

प्रकाशित: १० भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया