Technology Khabar ४ भाद्र २०८०, सोमबार
काठमाडौं ।
ल्याम्बोर्गिनीले आफ्नो ल्यान्जाडोर नामक नयाँ कन्सेप्ट इलेक्ट्रिक कार अनावरण गरेको छ। यस नयाँ इलेक्ट्रिक कारले धेरैको ध्यानाकर्षण गरेको उल्लेख गरिएको छ।
कम्पनीले यस नयाँ इलेक्ट्रिक कारलाई मोन्टेरे कार वीक (सप्ताह) मा अनावरण गरेको र यो कार स्पेसशिपहरूबाट प्रेरित कुल फिचर्स (उत्कृष्ट सुविधाहरू) ले भरिपूर्ण रहेको उल्लेख गरिएको छ।
कार भित्र रहेको ठूलो वाई आकारको केन्द्रले चालकलाई मौसमदेखि लिएर ड्राइभिङ मोडसम्मका सबै कुराहरु नियन्त्रण गर्न दिनेछ।
यात्रुहरूले स्पेसल डिस्प्लेमा गति र दूरी जस्ता जानकारी पनि हेर्न सक्नेछन्। सबै यात्रुहरू जेटमा बसे जस्तैगरी यस कारमा पनि तल बस्ने र कार भित्र त्यहाँ सामानको लागि अझै पनि प्रशस्त ठाउँहरू बाँकी हुने उल्लेख छ।
यस कारको प्रत्येक एक्सलमा विद्युतीय मोटरहरू रहेको र सो मोटरहरूले कारलाई निकै धेरै शक्ति प्रदान गर्ने उल्लेख गरिएको छ। त्यस्का साथै कारमा रहेको एक नयाँ हाई–पर्फमेन्स (उच्च प्रदर्शन) युक्त ब्याट्रीले कारलाई एक चार्जमा धेरै टाढाको दूरीसम्म पुग्नलाई मद्दत गर्नेछ।
यद्यपि ल्याम्बोर्गिनीले यसको रेन्ज र दूरी उल्लेख नगरेको जनाइएको छ। साथै, यस कारको आकार यसलाई अझ प्रभावकारी बनाउने ढङ्गले डिजाइन गरिएको उल्लेख छ।
यो एक कन्सेप्ट कार मात्र भए तापनि ल्याम्बोर्गिनीले सन् २०२८ मा ल्यान्जाडोर लन्च गर्ने सङ्केत दिएको छ। कम्पनीले यसलाई ऊन र रिसाइकल्ड कार्बन जस्ता सामग्रीहरू प्रयोग गरी बनाएको बताएको छ। सन् २०३० सम्ममा कम्पनीले पूर्णरुपमा सबै विद्युतीय हुने समेत बताएको छ।
प्रकाशित: ४ भाद्र २०८०, सोमबार