वालेट मार्फत असारमा २० अर्ब ३२ करोडको भुक्तानी

  • Technology Khabar | ३ भाद्र २०८०, आईतवार
वालेट मार्फत असारमा २० अर्ब ३२ करोडको भुक्तानी

काठमाडौं ।

नेपालमा भुक्तानी सेवा प्रदायक (वालेट) मार्फत भुक्तानी गर्नेको संस्कार बढ्दो क्रममा देखिएको छ। गतअसारमा वालेट मार्फत २० अर्ब ३२ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी भएको नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० असारको मासिक भुक्तानी प्रणाली सूचकमा देखिएको हो।

जेठमा वालेट मार्फत २० अर्ब १४ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो। जेठको तुलनामा असारमा वालेट मार्फत हुने भुक्तानी १८ करोड रुपैयाँ आर्थत् ०.९० प्रतिशतले बढेको छ।

भुक्तानी रकमसँगै करोबार संख्या पनि बढेको छ। जेठमा २ करोड ६ लाख ६ हजार ३० पटक भुक्तानी भएकोमा असारमा २ करोड ८ लाख २२ हजार ८६१ पटक भुक्तानी भएको छ।

सहज र सरल तरिकाबाट भुक्तानी गर्न सकिने भएकाले पछिल्लो समय नेपालमा वालेटको प्रयोग बढ्दो क्रममा छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट निःशुल्क वालेटमा रकम लोड गर्न सकिने भएकाले पनि यसमा प्रयोगकर्ताको आकर्षण बढ्दो छ।

मोबाइलमा वालेट एप डाउनलोड गरेपछि प्रयोगकर्ताले रकम लोड गरेर मोबाइल टपअप, बिजुली तथा खानेपानीको बिल भुक्तानी, बीमा पोलिसी खरिद तथा नविकरण, अनलाइन भुक्तानी, राजश्व, जरिवाना लगायतको भुक्तानी गर्न सक्छन्। साथै बैंक खाता नहुनेहरुले पनि वालेटको प्रयोग गर्न सक्ने भएकाले प्रयोगकर्ताहरुको आकर्षण बढेको देखिन्छ।

प्रकाशित: ३ भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...