हिमालपारिको गाउँ लिमीमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

  • Technology Khabar | १ भाद्र २०८०, शुक्रबार
हिमालपारिको गाउँ लिमीमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा
सांकेतिक तस्विर

काठमाडौं ।

हुम्लाको हिमालपारिको गाउँ लिमीमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ। योसँगै उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिल, जाङ र हल्जिका बासिन्दा इन्टरनेट सेवाको पहुँचमा पुगेका छन्।

तीन वर्षको प्रयासपछि इन्टरनेट सेवा सञ्चालनमा आएसँगै लिमीका बासिन्दालाई सञ्चार सम्पर्क गर्न सहज भएको हो।

फोरजी सेवा सुरु भएसँगै देश–विदेशमा रहेकाहरुसँग सञ्चार सम्पर्क गर्न सहज भएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए।

चार हजार छ सय मिटर अग्लो स्थानमा फोरजी सेवाको टावर स्थापना गरिएको छ। लिमीका तीनै गाउँ तिल, हल्जि र जाङ इन्टरनेटको पहुँचमा जोडिएका छन्। लिमीको हल्जिगाउँमा यसअघि वल्र्डलिङ्कको इन्टरनेट सेवा सञ्चालनमा थियो ।

उक्त सेवा सुस्त भएका कारण फोर जी सेवाका लागि पहल गरिएको वडाध्यक्ष तामाङले बताए।

फोरजी टावर स्थापना गरिएको स्थानमा सोलार पनि जडान गरिएको छ। रासस

प्रकाशित: १ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • १ भाद्र २०८०, शुक्रबार