प्रभु बैंकले सिस्टम अपग्रेड गर्दै, एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा बेलुकादेखि नचल्ने

  • Technology Khabar | १ भाद्र २०८०, शुक्रबार
प्रभु बैंकले सिस्टम अपग्रेड गर्दै, एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा बेलुकादेखि नचल्ने

काठमाडौं ।

प्रभु बैंकको एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा आज बेलुका ५ बजेदेखि शनिवार बेलुका अर्थात करिब २९ घण्टासम्म नचल्ने भएको छ।

बैंकले एक सूचना जारी गर्दै संचालनमा रहेको कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्नुपर्ने भएकाले यी सेवा अवरुद्ध हुने जानकारी दिएको हो। अपग्रेडपछि उक्त सेवा शनिबार राति मात्र पुन शुरु हुनेछ।

‘यस बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्ने प्रयोजनका लागि यही मिति २०८०र०५र०१ शुक्रबार साँझ ५ बजेदेखि शनिबार राति १० बजेसम्म एटीएम लगायत मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाहरू अस्याथी रूपमा बन्द गर्नुपर्ने हुँदा उक्त अवधिमा एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाहरू अवरुद्ध हुने व्यहोरा जानकारी गराइन्छ,’ बैंकले जारी गरेको सूचनामा भनेको छ।

प्रकाशित: १ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...