न्यूयोर्कमा सुरक्षा चिन्ताको कारण सरकारी स्वामित्वको डिभाइसमा टिकटक माथि प्रतिबन्ध

  • Technology Khabar | ३२ श्रावण २०८०, बिहीबार
न्यूयोर्कमा सुरक्षा चिन्ताको कारण सरकारी स्वामित्वको डिभाइसमा टिकटक माथि प्रतिबन्ध

काठमाडौं ।

न्यूयोर्कमा सुरक्षा चिन्ताको कारण सरकारी स्वामित्वको डिभाइसमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाइएको छ। योसँगै न्यूयोर्क सर्ट भिडियो सेयरिङ एप मार्थि प्रतिबन्ध लगाउने अन्य अमेरिकी शहर र राज्यमा सामेल भएको छ।

चिनियाँ कम्पनी बाइडान्सको स्वामित्वको टिकटक १५० मिलियन भन्दा धेरै अमेरिकीले प्रयोग गर्छन्। सम्भावित चिनियाँ सरकारको प्रभावको चिन्ता कारण एप माथि राष्ट्रव्यापी प्रतिबन्धको लागि अमेरिकी सांसदहरूको बढ्दो मागको सामना गरेको छ।

‘टिकटकले शहरको प्राविधिक नेटवर्कहरूमा सुरक्षा खतरा खडा गरेको छ,’ न्यूयोर्क शहरका मेयर एरिक एडम्सको प्रशासनले एक विज्ञप्तिमा भने।

न्यूयोर्क शहरका एजेन्सीहरूले ३० दिन भित्र एप हटाउन आवश्यक छ र कर्मचारीहरूले शहरको स्वामित्वमा रहेका डिभाइस र नेटवर्कहरूमा एप र यसको वेबसाइटमाथि पहुँच गुमाउने छन्। न्यूयोर्क राज्यले पहिले नै राज्यद्वारा जारी मोबाइल डिभाइसमा टिकटक प्रतिबन्ध लगाएको थियो।

टिकटकले अमेरिकी प्रयोगकर्ताको डाटा चिनियाँ सरकारसँग साझेदारी गरेको छैन, र साझेदारी गर्दैन, र टिकटक प्रयोगकर्ताहरूको गोपनीयता र सुरक्षाको रक्षा गर्न पर्याप्त कदम चालेको बताएको रोयटर्सले उल्लेख गरेको छ।

एफबीआई निर्देशक क्रिस्टोफर रे र सीआईए निर्देशक विलियम बर्न्स सहित शीर्ष अमेरिकी सुरक्षा अधिकारीहरूले टिकटक खतरा भएको बताएका छन्।

प्रकाशित: ३२ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार